Siraha Times
ताजा समाचार

राहत अभियान्ता मस जोडीले रामजानकी मन्दिरमा भजन कृतनको गर्न डिजे साउनड सिस्टम गरे सहयोग

  • साउन १९, २०७७
  • १३२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा १९ श्रावण - सिरहाको लहान नगर पालिका वडा नम्बर २४ पकिटोलमा अबस्थित रहेको मनेश्वर महादेव रामजानकी मन्दिरलाई काङ्ग्रेस नेता महेश चौधरीको जोडीले रु. २० हजार रुपैयाँ मुल्य पर्ने डिजे साउणड सिस्टम खरिद गरी मन्दिरलाई दान गरेका छन् । हिन्दु धर्म प्रति आस्था राखने गाउँका हजारौं महिला र पुरुषहरु मन्दिरमा पुजा अर्चाना गर्न भक्तजनहरुको घुईचो लागेको देखिन्छ। प्राचीन सभियता अनुसार भगवान रामलाई श्रावण महिनामा झुल्लामा राखी झुलाउने गरेको इतिहास हिन्दु धर्मका ग्रहन्थ भागबत र रमायणमा उल्लेख गरेका प्रमाणहरु छन् । समाज सेबि महेश चौधरी र संगीता कर्माचार्य की जोडीले बिगत केहि महिना देखि मिडिमा ब्यापक चर्चामा आएका हुन् । महेश र संगिता दिन दुखीहरुको सहारा बन्दै गएका छन्। चर्चामा रहेका यि जोडीले ब्यक्तीगत र केहि मनकारी दाताहरुको सहयोगमा कोरोना प्रभावित परिवारलाई राहत उपलब्ध गराएका छन् । चैत ११ गते देखि नेपाल सरकारले देश ब्यापी रूपमा बन्दा बन्दीको घोषणा गरेका थिए । लामो समय नेपालमा कोरोना कहरको मार्मा परेका पिपन्न परिवारको सहारा बन्दै गएका राहत अभियान्ता जोडीले केहि दिन अगाडि सोहि गाउँ पकिटोलमा करिब एक लाख पचास हजारको लागतमा दलित बस्तीमा पक्की ईनार निर्माण गरेका छन् । २०३५ सालमा स्थापना भएको मनेश्वर महादेव रामजानकारी मन्दिर हाल सम्म स्थाबत रहेका छन् । उक्त मन्दिरको संस्थापक स्वर्गीय श्रीमती लिला कोइराला र स्वर्गीय रामेश्वर यादवले मन्दिर स्थापनाको लागि ८ आठ कठठा जग्गा मन्दिरलाई दिएका थिए । यादव र कोइरालामा धर्म प्रतिको आस्था झल्किन्थ्यो ।अर्को जग्गा दातमा प्रेमबहादुर कोइराला र छिमेकी मुलुक भारत मुम्बईको महेश्वर आन्द ,शंकर आचार्य अनुरागीहरुको सहयोग रहेको मन्दिरको अध्यक्ष अनिता राउत र समाज सेबि श्रीराम राउतले जानकारी दिनु भयो। हाल मन्दिरमा ११ जना समिति रहेको उपाध्यक्ष सुभद्रा कोइराला र सुगा देबि पासमानले बताए ।अहिले मन्दिरमा २३ काठठा जग्गा रहेको मन्दिरको पुजारी रजिया यादवले जानकारी दिनु भयो । यस्तो धार्मिक स्थल, मठ ,मन्दिर र गरिब गुरुवाहरुको लागी सक्ने जति सदैब सहयोग गर्ने प्रतिबधता गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१