Siraha Times
ताजा समाचार

सिरहा प्रहरीले गरे घरेलु मदिरा नष्ट अभियान, लोकल मदिरा जानलेवा हो यसलाई वेचविखन गर्ने कार्य अपराध छ यसलाई कुनै हालतमा छुट हुदैन प्रहरी उपरिक्षक पजियार

  • साउन १८, २०७७
  • १३३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा । सिरहा । श्रावण १८ गते । सिरहा प्रहरीले घरेलु मदिरामा कडाई गरेको छ । बजार आसपासका क्षेत्रमा घरेलु मदिरा नष्ट गर्ने अभियान पनि प्रहरीले शुरु गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमा शंकर पजियारले जानकारी दिनुभएको छ । अवैध रुपमा उत्पादन हुने घरेलु मदिराले दसैँमा अशान्ति फैलाउन ठूलो सघाउ पुर्याउने भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले घरेलु मदिरामा कडाई थालेको हो । प्रहरीले घरेलु मदिरा बनाउने ठाउँमै गएर नष्ट गर्ने अभियान थालेको छ । प्रहरीले आईतवार सिरहाबाट खटिएको सादा पोषाकको प्रहरी टोली र प्रहरीचौकी औरही बाट खटीएको संयक्त प्रहरी टोलीले जिल्ला सिरहा औरही गा।पा। ५ स्थित बस्ने रामदेव कलाल र रामकृष्ण कलालको घरमा संचालन गरेको घरेलु मदिरा भट्टीबाट तयारी मदिरा ५ लिटर, कच्चा पदार्थ २५० लिटर, र मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन ८, मदिरा बनाउने मेसिन थान १ सहित नियन्त्रणमा लिईएर स्थानिय जन प्रतिनोधीको रोवहरमा नष्ट गरेको छ । त्यस्तै लहान न।पा।३ बस्ने जितु साहको घरबाट अ।८० लिटर घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन १४ थान समेत नियन्त्रणमा लिई स्थानिय जन प्रतिनोधीको रोवहरमा नष्ट गरीएको । यो अभियान निरन्तंर जारी रहने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक पजियारले जानकारी दिनुभएको छ । लोकल मदिरा जानलेवा हो यसलाई वेचविखन गर्ने कार्य अपराध छ यसलाई कुनै हालतमा छुट नहुने वताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१