Siraha Times
ताजा समाचार

सुखिपुरमा युवा बिद्यार्थीको आयोजनामा ई.सतिस गोइतलाई श्रद्धाञ्जली सहित छतिपुर्ती मंग गर्दै बिरोध प्रदर्शन

  • साउन ३, २०७७
  • २१३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नितेश यादब सुखिपुरमा ईन्जिनियर सतिश गोईतको न्यायका लागि सहिद घाेशना सिरहा सुखिपुरमा शान्ति पुर्न श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको थियोे । सुखिपुरका युवा बिद्यार्थी को आयोजनामा मेलम्ची खानेपानी प्रोजेक्ट सुरुङ परिक्षण गर्ने क्रममा ज्यान गुमाएका ईन्जिनियर सतिश गोईतको न्यायका लागि सिरहा सुखिपुरमा शान्ति पुर्न श्रद्धाञ्जली कार्यक्रम सहित पिडित परिवारका लागि घटनाको सत्य त्थय छनबिन गरि छतिपुर्ती माङ्ग गर्दै बिरोध प्रदर्शन । सिरहा : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतिश गोइतलाई शहिद घोषणा गर्न सिरहाकाे सुखिपुरमा यूवाहरुले प्रर्दशन गरेका छन् । सनिवार साझसो यूवाहरुले , इन्जिनियरलाई मोहरा बनाउन पाइदैन, पीडित परिवारलाई क्षतिपूर्ति देउ जस्ता नारा लगाएका छन् । प्रदर्शनमा युवा बिद्यार्थी नितेश यादब र सदस्य नबरत साह जनमत बिद्यार्थी संग लगायत बिभाष यादब इ.सुनिल साह किशन साह शशी चौधरी नवीन रौनियार राम उदगार पन्जियार राहुल साह राहुल यादब पुष्कर यादब लगायतका यूवाहरु, इन्जिनियर र समाजसेवीहरुको सहभागिता छन् । धनुषाको कमला नगरपालिकाका ५ घर भएका उनको २५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गएपछि आफन्त र साथी उनको निधनले मर्माहत भएका छन् । बुधवार मृत्यु भएको इन्जिनियर गोइतको आत्माको चिरशान्तिको कामना गर्दै विहिवार जनकपुरमा र आज शनिबार सिरहाको सुखिपुर मैनबत्ति प्रज्वलन गरेको थियो ।received_960924668024050

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१