Siraha Times
ताजा समाचार

जनकपुर बलात्कारी हत्यारा सार्वजनिक

११ वर्षीय बालिका कंचनलाई बलात्कार गरि हत्या गर्ने भारतीय नागरिक यि नै हुन

  • असार २२, २०७७
  • १५३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम, असार २२ गते । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ पर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतीयन नागरिक पक्राउ परे छन । कञ्चनलाई बालत्कार गरी हत्या गरेको आरोपमा भारत उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकोहो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चारदिन पश्चात सोमबार पत्रकार सम्मेलन गरी अभियुक्त सिंहलाई सार्वजनि गरेको हो ।पक्राउ परेका सिंह जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था स्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत रहेका छन् । गएको बुधबार भैँसी चराउन आँप बगैँचामा गएको बेला स्थानीय विनोद पजियारकी छोरी कञ्चनलाई उनलेआँप दिने बहानामा फकाइ बलात्कार गरेरहत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।इन्ड्रट्रिजकै पछाडिको बगैँचामा बालिका कञ्चनको बलात्कार गरी मुख थुनेर हत्या गरेको सिंहले स्वीकार गरेको प्रहरीले जनाएको छ । गएको शुक्रबार दिउँसो कञ्चनको शव हत्या गरेको अवस्थामा नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो ।

घटनास्थलबाट प्रहरीले एकवटा कम्बल बरामद गरेको थियो । घटा पश्चात प्रहरील स्थानीय अघोरीबाबासहित २० शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेकोथियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१