Siraha Times
ताजा समाचार

सिरहाको मझौरा पुगे मानब अधिकार कर्मी पीडितको न्यायको लडाइँ लडन

  • असार १३, २०७७
  • १७७२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १३ असार । सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मझौरा गाउँमा आज भन्दा १८ दिन अगाडी भएको घटनाको छन बिन गर्न नेपाल मानब अधिकार संगठनका एक समूहले पीडित राम औंतार महतोको घर पुगेका थिए । नेपाल मानव अधिकार संगठ सिरहाको संयोजक चन्द्रनारायण कुशवाहा र क्षेत्रीय अध्यक्ष बिजय कुमार महतो ,मन्जु चौधरी ,प्रतिभा चौधरी ,संतोशि बिश्वक्रमा,महेश सिंह लगायत ६ जना मानव अधिकार कर्मीहरु मृतक अनिता कुमारी महतोको घटना स्थल पुगेका थिए । अनुगमन र छनबिन गर्न मझौरा गाउँ फुगेका थिए । सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मा १८ दिन अगाडि एक युबती अनिता कुमारी महतोको मृत्यु भएको थियो ।

नबराजपुर गाउँ पालिका वडा २ बस्ने राम ओतार महतोको अन्दाजी १६ वर्षिय छोरी अनिता कुमारी महतो की सब स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको अबस्थामा भेटिएको थियो । बुधबार राती १२ बजे तिर घर बाट निस्केको युबती बिहान सम्म घर न फर्किदा आमा ,बुवा छर छिमेक को घरमा खोजदै आफन्तको घरमा गएको छ कि पतालगाउन निस्केको बुवा ,छोरी खोजन गाउँ- गाउँ पुगेका थिए । अनिता गाउँका केटाहरुसंग केहि महिना अगाडि देखी पल्केका जानकारी उनकी साथीहरूले बताईन । आमा प्रमिला देबि महतो र बुवा राम ओतार महतोको भनाई अनुसार आफ्नो छोरी गाउँका केटाहरु संग अनितिक शारीरिक सम्बन्ध र पल्केको छ भने आफुलाई केहि थाहा नभएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्स्पेकटर अरबिन कुमार साह समक्ष ब्यान घटना स्थलमा दिईएका । छोरी हराको जानकारी दिन सिमा प्रहरी चौकी झाझ पटि पुगिन लागदा फोन मार्फद घर आउन जानकारी पाए। वडा नम्बर २ का अध्यक्ष खुशिला ल साहलाई गोप्य सुचना आएको एक जना युबतिको शव स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको छ भने सुचना पाए लगतै प्रहरीलाई खबर गरेका थिए । सिमा प्रहरी चौकी झाझपटि र ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट प्रहरीको टोलिले घटना स्थल पुगेका थिए । सब हेर्न गाउँका सयौं मानिसहरुको घुईचो रहेको थियोे । सबको प्रकृति हेर्दा कसैले हत्या गरेर आंपको रुखमा झुन्डियाईएको आशंका रहेको छ।बुवा महतोको भनाई अनुसार छोरी अनिता लाई कसैले हत्या गरेर झुन्डियाई दिएको मानब अधिकार कर्मिहरुलाई बताएका छ्न।

घटना भएको १८ दिन भयो कहाँ छ देशमा कानुन हत्याराहरु तेतिकै उम्किरहेका छन् । प्रहरी प्रसान किन मौन छन् । केटाहरुले हत्या गरेको परिवारजनको आशंका रहेको छ् । गाउँका पाँच जना केटाहरुको नाउँ खुल्नमा आएको छ् अरु केटाहरु फरार रहेको बुबा महतोले मानव अधिकार कर्मीहरु संग बताए । अरुको खोज तलास भईरहेको मोबाइलमा गरेको कुराकानीको भोवाईस रेकर्ड प्रमान समेत फेला परेको उनको आफन्तले पत्रकार लाई जानकारी बताउनु भयो मोबाइलमा गरेको कुराकानिको प्रमाण सुर्छित छन् । हत्या कस्ले गरेको छ भने अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना प्रबक्ता बिनोद घिमिरेले जानकारी दिनु भयो । सब वडा अध्यक्ष खुशी लाल साह , गाउँका बुद्धिजिबि , पत्रकार महेश सिंह को रोहबरमा सबलाई पोस्टम्यारटमको लागि लहान अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिनु भयो सब लाई लहान अस्पतालको सब गृहमा राखिएको थियो तर पोस्ट लहान अस्पतालमा पोस्टम्यारटम गराउन परिवारजन ले नमाने पछी धरानको बिपिकोइराला बिज्ञान प्रतिठान पठाएको थियो । पोस्टम्यारटम पछी सब परिवारको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१