Siraha Times
ताजा समाचार

क्वारेन्टाइन विपक्षमा गुमस्ता पुगे अदालत

  • असार ११, २०७७
  • १५८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

विजय यादव उच्च अदालत जनकपुर, राजविराज इजलासमा प्रदेश २ सरकारविरुद्ध मुद्दा दायर भएको छ । सुखिपुर नगरपालिका ३ का गुमस्ता कुमार यादव ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर २ जनकपुर धाम धनुषा , जिल्ला प्रशासन कार्यालय सिराहा , जिल्ला प्रशासन कार्यालय सप्तरी दुई जिल्लाका ७ स्थानीय तहलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् । विपक्षीले मापदण्डअनुसार क्‍वारेन्टाइन सञ्चालन नभएको विषय उल्लेख गरी परमादेश माग गर्दै मुद्दा दायर गरेका छन् । विपक्षी बनाई मुद्दा दायर भएका स्थानीय तहमा सिराहा को सुखिपुर नगरपालिका, लाहान नगरपालिका,धनगढीमाई नगरपालिका, बरियार्पट्ती गाउँपालिका नवराजपुर गाउँपालिका उक्त मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परामादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊ भन्ने माग गरिएको छ ।

मुद्दामा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतका कार्य गरिएको र गराइएको उल्लेख छ । त्यसैगरी क्‍वारेन्टाइन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ । तर प्रदेश २ सरकारले भने कोभिड १९ विरुद्धको कामकारबाहीमा कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताउँदै आएको छ । जब कि नेपालको सबै भन्दा बढी सन्क्र्मित प्रदेश न. २ मै छ्न !
उच्च अदालत जनकपुर, राजविराज इजलासले मुद्दाको सुनुवाइका गरि असार 10 गते आदेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१