Siraha Times
ताजा समाचार

यसवर्षको आफ्नो जन्मदिन राजा ज्ञानेन्द्रले नमनाउने, जनतालाई राष्ट्र बचाउन आवहान

  • असार ११, २०७७
  • ९८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

विषम् स्थितिलाई दृष्टिगत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिनलाई उत्सवको रुपमा नमनाउने घोषणा गरेका छन् । पूर्वराजा शाहले बुधबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेको छु । साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शुभेक्षा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई धैर्य, दृढता र साहशकासाथ अघि बढ्न आव्हान गर्दछु ।’ राष्ट्र बचाउ अभियान द्वारा राजाको वक्तव्यको स्वागत । जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति "विवेक" ले राजाको वक्तव्यमा टिप्पणी गर्दै भनेका छन् , " स्वागतयोग्य एवं जनभावना अनुरुपको वक्तव्य हो यो, आम नेपाली जनताले जे चाहेका छन त्यसै अनुरुपको राष्ट्रका नाममा सम्बोधन हो यो, अब राजाले आम नेपाली जनतालाई देश बचाउन आव्हान गरेका छन, अब देश प्रतिको जबाफदेहिता, कर्तव्य, जिम्मेवारी आम नेपालीको काँधमा आईपरेको छ, सोंच्नु पर्ने हो सबैले नेपाल नरहे हामी नेपाली कहाँ रहन्छौँ ?"

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश जस्ताको तेस्तैः

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

नेपाल बहुजातीय, बहुभाषिक र बहुबिध भौगोलिक विशेषता रहेको मुलुक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा पनपनाउदै गएको जातीयता, बर्गियता र क्षेत्रीयताका संक्रिण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन । अहिले नेपाल पनि विश्वव्यापी कोरना महामारीबाट आक्रान्त छ । यो अकल्पनीय व्याधीबाट जीवन गुमाएका र पिडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाकासाथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दछु । संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गांस, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस् भन्ने आग्रह पनि गर्दछु । साथै यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेतिथिप्रति म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु । विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहेका छन् । चुनौति पछि आएको यो समय सन्दर्भ एक असर पनि र अवसर पनि हो । फर्कने सबैको श्रम, शिप र सामर्थको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनु पनि नितान्त जरुरी रहेको छ । बदलिंदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रिति, संस्कृति र पद्दतितिर फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्वनको परिपाठी फेरि कायम हुन्छ । केहि दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नु परेको छ । हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोस उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ? भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कुरा किन दिनौं उठिरहन्छ ? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ? यी सब सोचनीय विषय र विचारणीय कुराहरुको प्रश्नहरु उब्जिरहेको छ । आजको यो काल खण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हुँदैन । नेपाल राष्ट्रको एकिकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्दछ । राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो । राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेको छु । साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शुभेक्षा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई धैर्य, दृढता र साहशकासाथ अघि बढ्न आव्हान गर्दछु । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।

राजा ज्ञानेन्द्रको समर्थनमा डा. मनोज मुक्ति !

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१