बहुमतको आडमा लहान नगरपालिकाले नगरसभा गरेको भन्दै नेपाली काङ्ग्रेस द्वारा बहिष्कार

  • असार १०, २०७७
  • १७८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १० , आसार । लहान नगरपालिकाले आगामी आ.ब.का गरेको छैटौ नगर सभामा नेपाली कांग्रेसले असहमती जनाएको छ । पटक पटक नगरपालिकाले बहुमतको आडमा नगरसभा गरेको भन्दै उनिहरुले आगामी आबमा संचालन हुने योजनाहरुको लागि आज गरिएको नगरसभामा असहमती जनाएका हुन । जनताको भेलाबाट वडा स्तरीय योजना छनौट नगरेको , वडामा असमान बजेट बाँडफाड , नेकपा भएको वडाका साथै मेयरको कुरा मान्ने वडाहरुमा बढी बजेट बिनियोजन गरेको भन्दै सभा बहिस्कार गरेको लहान नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष अरुण केसीले बताएका छन । अध्यक्ष केसीले – भने नगरपालिकाले लक्षितवर्गको कर्यक्रमहरु आफने हिसाबले संचालन गरिरहेको बताए ।

 

वडामा हुने सिफारिस लगायत , सरसफाई दस्तुरहरुमा कर कम गर्नु पर्ने भन्दै नगरभित्र रहेका अधिकांस वडाहरु गाउँ केन्द्रित भएकोले नगरपालिकाले गाउँबाट सरसफाई कर उठाईरहेको र गाउँका वडाहरुमा सरसफाई नगरिरहेको वडा नम्बर –१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले बताउनुभयो । हामी पटक पटक यी बिषयमा मेयरको ध्यानाअकर्षण गराएका थियौं ’ तर नगरपालिकाका मेयरले यो नगर सभामा पनी यि बिषयहरुमा सुनवाई नगरेका कारण बाध्य भएर हामी नगर– सभा बहिष्कार गर्ने निर्णयमा पुगेको वडा अध्यक्ष चौधरीले बताए । भौगोलिक बनाबट , वडाबाट संङ्कलित करका साथै जनसंख्याको आधारमा बजेट बिनियोजन गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत मेयरले अटेरी गरिरहेको नेपाली कांगे्रसका नगर सभापती सुनिल महतोको आरोप रहेको छ ।

 

आज नेपाली कांग्रेसले नगर क्षेत्रमा बिरोध प्रर्दशन समेत गरेका थिए । लहान नगरपालिकाको २४ वडा मध्ये ९ वटा वडामा नेपाली काग्रेसले बिजय हासिल गरेको छ भने ४ वटा वडामा पुर्ब संघिय सामाजबादी फोरम , २ वटा मा पुर्व नेकपा माओबादी , र ९ वडामा एमालेले जित हासिल गरेको छ । लहान नगरपालिकाको कार्यपालिकामा नेकपाको बहुमत रहेको छ भने यो नगरसभामा हाल जनता समाजबादी पार्टीले सहमती जनाएको स्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

राष्ट्रिय राजनीति र ...

लहान, २१ कार्तिक । लामो समयसम्म कम्युनिष्ट धारभित्र रहेर राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह ग ...

जसपा नेपाल छोडेका सब ...

काठमाडौं २१, कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१