ताजा समाचार

लागुऔषधसहित एक पक्राउ

  • असार ७, २०७७
  • १३३८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिराहामा प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सिराहा नगरपालिका– १५ माडरमा प्रतिबन्धित लागुऔषधसहित युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका– १७ का २१ वर्षीय विक्कीकुमार कारक रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । कारकले माडरमा सञ्चालन गर्दै आएको मोटरसाइकल वर्कसपमा राखिएको मोटरसाइकलको डिक्कीवाट प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसी सय एमएलका ४४ बोतल, फेनारसेल सय एमएलका तीन बाेतल, सिपलिन सय एमएलका १३ बोतल बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित कारकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ । माडर सिराहाको दक्षिणी सीमावर्ती बजार हो ।

 

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤