ताजा समाचार

सिरहामा डाक्टरको लापरबाही प्रसुतीको मृत्यु

  • असार ५, २०७७
  • २१०३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा, ५ असार - सिरहाको लहान स्थित पोलिक्लिनिकमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको छ् । लहान स्थित बिरामीको ज्यान जानु कुनै नौलो कुरा होईन । प्रत्येक ३ महिनामा यहाँका पोलिक्लिनिकहरु यस्तो घटनाले विवादमा आईरहेकै हो । फेरि आज शुक्रवार बिहान लहान स्थित लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलाको ज्यान गएको छ । पैसा दोहन खेलको मास्टरमाईन्ड उक्त पोलिक्लिनिक का डाक्टरले पुनः अपरेशन गर्नुपर्ने भन्दै एक प्रसुतीको ज्यान लिएको पिडित परिवारको आरोप रहेको छ । सप्तरीको खडग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै अपरेशन गरीएको पारिवारिक स्रोतले जनाएका छन । अपरेशनको दुई वटा टाँका चुडेपछी खातुनलाई पीडा भएको थियो । पेट दुखेपछी पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप रहेको छ । दोस्रोपटक अपरेसनमा भएको लापरबाहीले खातुनको ज्यान गएको परिवारजन्को भनाई छ । खातुनको मृत्यु लगत्तै क्लीनिकका डाक्टर डा. दिलिप साह टाप ठोकेका थिए । अहिले उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए । घटना लगतै पोलिक्लिनिकका संचालक पीडित परिवारलाई मिलाउने कसरतमा लागेको एक गोप्य स्रोतले बताएका छन । अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेका थिए । अहिले अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤