Siraha Times
ताजा समाचार

सिरहामा डाक्टरको लापरबाही प्रसुतीको मृत्यु

  • असार ५, २०७७
  • २०७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा, ५ असार - सिरहाको लहान स्थित पोलिक्लिनिकमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको छ् । लहान स्थित बिरामीको ज्यान जानु कुनै नौलो कुरा होईन । प्रत्येक ३ महिनामा यहाँका पोलिक्लिनिकहरु यस्तो घटनाले विवादमा आईरहेकै हो । फेरि आज शुक्रवार बिहान लहान स्थित लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलाको ज्यान गएको छ । पैसा दोहन खेलको मास्टरमाईन्ड उक्त पोलिक्लिनिक का डाक्टरले पुनः अपरेशन गर्नुपर्ने भन्दै एक प्रसुतीको ज्यान लिएको पिडित परिवारको आरोप रहेको छ । सप्तरीको खडग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै अपरेशन गरीएको पारिवारिक स्रोतले जनाएका छन । अपरेशनको दुई वटा टाँका चुडेपछी खातुनलाई पीडा भएको थियो । पेट दुखेपछी पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप रहेको छ । दोस्रोपटक अपरेसनमा भएको लापरबाहीले खातुनको ज्यान गएको परिवारजन्को भनाई छ । खातुनको मृत्यु लगत्तै क्लीनिकका डाक्टर डा. दिलिप साह टाप ठोकेका थिए । अहिले उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए । घटना लगतै पोलिक्लिनिकका संचालक पीडित परिवारलाई मिलाउने कसरतमा लागेको एक गोप्य स्रोतले बताएका छन । अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेका थिए । अहिले अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१