Siraha Times
ताजा समाचार

शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई कम्प्युटर बितरण

  • जेठ २८, २०७७
  • १००८ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा, २८ जेठ । प्रदेश २ का सांसद दिलिप साहले विभिन्न बिद्यालयहरुलाई शैक्षिक गुणस्तर सुधार गर्न कम्प्युटर बितरण गरेका छन । सिरहा क्षेत्र नं. ४ (क) का सांसद समेत रहेका साहले विद्यालयको शिक्षाको गुणस्तरलाई सुधार गरी विद्यार्थीलाई प्राविधिक शिक्षा दिलाउने उद्देश्यले संसदिय बिकास कोषको रकमबाट कम्प्युटर बितरण गरेको बताए । आवश्यकतालाई मध्यनजर गरी बाजु माबि फुलबरियालाई १० थान, आधारभूत बिद्यालय मट्टीयरलाइलाई २ थान, जनता आधारभूत बिद्यालय गौतारीलाई २ थान, जनता मा. बि. सितालाइलाई १ थान, राजेश्वरी प्राथमिक बिद्यालय मथलेश्वरलाई १ थान र सामाजिक संस्थालाई २ थान कम्प्युटर प्रदान गरेको उनले बताए । १० लाख मोलबराबरको ५ वटा बिद्यालय र २ वटा सामाजिक संस्था गरी जम्मा १८ थान कम्प्युटर बितरण गरेको उनले जानकारी दिएका हुन । हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद साहले शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्न सामग्री प्रदान गरेकोले उचित ढंगले सञ्चालन गरी विद्यार्थीलाई प्राविधिक शिक्षाको ज्ञान दिलाउन सबै विद्यालयलाई आग्रह समेत गरे । विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर प्रदान गरेकोले विद्यालयको शैक्षिक सुधार सहज हुने बाजु मा.वि. मिर्चैया नपा ७ फुलबारीयाका प्रधानध्यापक बिन्देश्वर महतोले बताए । नयाँ प्रविधि सिक्नु पर्ने बाध्य भएको समयमा नयाँ प्रविधीका सामान वितरण गरेको प्रति सामुदायिक विद्यालयहरुले खुसि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१