अभियान्ता जोडी चौधरीको राहत लिएर घर फर्किदै बिपन्न परिवार

  • जेठ २५, २०७७
  • १३२९ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २५ जेठ । सिरहाको लहान नगरपालिका १ मा बिपनको चुलो बाल्न तेस्रो पल्ट पुगेका महेश र संगिताको जोडीलाई हेर्दा बिपन्न समुदाय खुशी भएका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन् । लकडाउन भएको तिन महिना हुन् लाग्यो । लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँने बिपन परिवारलाई हात मुख जोडन बिचल्ली भएको छ । लकडा उनबाट दलित समुदाय बढी प्रभावित भएका छन । राहत नपाउनेको गुनासो रहेको छ्। आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भोगनु परेको छ । शनिबार लहान नगर पालिका १ मा कोठा भाडालिई चटपटे ,पानी पुरी ,चाउमिन ,चिया पसल ,होटेल ,र जिल्ला बाहिर बाट अध्यनका लागी आउनु भएका विद्यार्थीहरुलाई मद्य्यनजर गरि ६० घर धुरीलाई उनीहरु अन्न दान गरेका हुन् । राहत उपलब्ध गराउने संस्थामा एपोलो ॐ स्कुल लहान र प्रसंसा पुस्तक पसलका पहलाद सापकोटाले पनि सहयोग गरेको हुन् । चौधरी एपोलो ॐ स्कुलको संचालक , प्रीन्सिपल समेत रहनु भएका चौधरीले सानै उमेर देखि साज सेवामा लागेका हुन । उनको श्रीमती संगिता कर्माचार्यले महिला संघका केन्द्रिय सदस्य रहनु भएको छ । कर्माचार्य महिलाको मुद्दा लिएर आवाज उठाउनमा अग्रसर रहेका हुन् । प्रतिपरिवार चामल १० किलो, दाल १ किलो , तेल एक प्याकेट, नुन १ किलो, आलु १ किलो राहतमा बाडेँका हुन् । उक्त बस्तीमा लकडाउनकै क्रममा उनीहरु तेस्रो पटक राहत दिन पुगेका थिए । लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल वितरण गरेका छन् । सरकारले लकडाउन थप्दै गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौ धौ परिरहेका छन् । गाउँका हुने खानेबाट ऋण सापटी गरी छाक टार्छन् बाध्य छन । लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पुर्याउने चौधरी र कर्माचार्य दिनचार्य नै बनाएका छन् । हरेक दिन एउटा- एउटा बस्ती पुग्ने गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१