Siraha Times
ताजा समाचार

आदालतबाट मुद्धा जितेपनीे आफु गा.पा.बाट सुचना नपाएको भन्दै पत्रकार सम्मेलन गरे

  • जेठ २३, २०७७
  • ११९६ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह लहान २३, जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा भएका र भैरहेको कामहरुको योजनाहरु पारदर्शी नभएको भन्दै गाउँपालिकाका एक युवाले बुधबार पत्रकार सम्मेलन गरेको छ । आ.ब. २०७५ ÷०७६ र २०७६ ÷ ०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै किसिमको पारदर्शी नगरेको सो गाउँपालिका वडा नम्बर– २ बस्ने बलराम यादबको आरोप रहेको छ । गाउँपालिका र पुर्वाधार विकास कार्यालय सिरहाबाट २०७५ ÷ ०७६ मा संचालित योजनाहरु ः गाउँपालिका र तिनकोनी चौकमा भएको सडक कालोपत्रेमा भएको खर्च , सुर्य नारायण यादबको पोखरी रिटेनीङ्ग वालमा भएको खर्च , तिनकोनी चौकमा बनाईएको सार्बजनिक शौचालयमा भएको खर्च लगायतका कामहरुमा लागत एस्टिमेट आज सम्म गाउँपालिकाले सार्बजनिकिकरण नगरेको उनको आरोप रहेको छ । गाउँपालिकाले बिकास निर्माणको कुनै पनी काम गर्दा सार्बजनिक सुचना बोर्ड नराख्ने गरेको भन्दै उपभोत्ता समिती र ठेकेदार मार्फत भएका बिभिन्न योजनाको काम काजहरु गाउँपालिकाको मिलोमत्तोमा भईरहेको उनले बताए । उनले भने – मैले खर्च बिबरणको सुचना माग गर्न गाउँपालिका पुगेको थिए, तर मलाई गाउँपालिका अध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृतले सुचना तँलाई किन दिने भनेर तँ सुचना माग्ने को होस भन्नेर पठाईदिए , तँ फुच्चेले के गर्न सक्छस भनेर गाउँपालिका अध्यक्ष केदार यादबले मलाई हप्काएर मलाई पठाई दिए । ’ सुचनाको हक सम्बन्धी नेपालको संबिधान २०७२ को भाग– ३ को धारा २७ र मुलुकी देबानी कार्यबिधि संहिता अनुसार सुचना माग गर्न जाँदा पनी गाउँपालिकाले निबेदन दर्ता पनी नगरेको उनले बताए । उनले भने त्यसपछी मैले पुर्वाधार विकास कार्यालय सिरहा मा मिति २०७६ । ०७।०८ गते गते निबेदन दर्ता गराए । पत्रकार सम्मेलनमा यादबले भने साथी उतिमलाल यादब र म सुचना माग गर्न राष्ट्रिय सुचना आयोग बानेश्वर देखी , उच्च आदालत जनकपुर राजबिराज सम्म पुगे । आदालतबाट हामी सुचना पाउन मुद्दा पनी जितेको छु , गाउँपालिकामा आदालतबाट सुचना दिन आदेश आईसकेको छ , तर गाउँपालिकाले सुचना दिन हाल सम्म कुनै बास्ता नगरेको उनको आरोप रहेको छ ।’ गाउँपालिकामा भैरहेको भ्रष्टाचारी रोक्न म नेपाली नागरीकको हैसियतले सुचना मागेको थिए गाउँपालिकाले आदालत बाट भएको फैसलाको पनी बेबास्ता गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१