Siraha Times
ताजा समाचार

सर्लाहीमा हजारौं ब्यक्तिलाई ग्यास चुल्हा र सिलिण्डर दिने भन्दै करोडो रुपैया ठगि गर्ने एक महिला पक्राउ

  • जेठ २१, २०७७
  • १४२१ पटक पढिएको
  • ओम प्रकाश
alt

बखतियार अलि सर्लाही २० जेष्ठ । सर्लाही जिल्ला लगायत प्रदेश नं. २ का विभिन्न जिल्लामा ६ हजार पर्ने चुल्हा र सिलिण्डर ३५ सयमा दिने भन्दै पैसा ठगी गर्दै हिडने एकजना महिलालाई सर्लाही प्रहरीले आज पक्राउ परेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटबाट नेपाल लाईफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई सर्लाहीको गोडैता नं.पा.वार्ड नं.३ घर भई बस्ने शम्भु महतोका श्रीमती राजरानी कुशवाहालाई ठगिको आरोपमा प्रहरीले आज पक्राउ गरेको हो । आरोपित महिला कुशवाहा लगायतका केहि समुहले सोझासाझा गरिब जनताहरुलाई प्रलोभनमा पारी ६ हजारको सामान ३५ सयमै दिने भन्दै पैसा उठाएर फरार भएका थिए ।

उनी विरुद्ध प्रहरी कार्यालय सर्लाहीमा हाल सम्म ४ सय ८० जनाले उजुरी दर्ता गराएपछि प्रहरी धेरै दिन देखि खोजतलास गरिरहेको थियो । आज विषेध सुराकीको आधारमा आरोपित महिला पक्राउ परेको प्रहरी नायब उपरीक्षक मदन कुवरले  बताउनु भयो । प्र.ना.उ. कुवरका अनुसार आरोपित महिलाले करोडो रुपैया उठाएको हुन सकने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१