भगवानपुर गाउँ पालिका १ सिनुरीयामा मनकारी वृद्धले गरे बिपन परिवारमा राहत वितरण

  • जेठ २०, २०७७
  • १६९८ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २० जेठ - सिरहाको भगवानपुर गाउँ पालिका १ सिनुरीयामा स्थानीय मनकारी वृद्धले गाउँ पालिकाले वितरण गरेको राहत बाट बन्चित र छुटेकाहरुलाई आफु खुशी ब्यक्तीगत रुपमा राहत वितरण गरेको छ । स्थानीय ९० बर्ष वृद्ध गोबिन्द साह र जलेश्वरी देबि साह कि जोडीले २५० घर धुरी बिपन परिवारलाई राहत वितरण गरेका छन्। मैले दान गरेको अन्नले कोरोनाको कहरमा फसेको र लकडाउन बाट प्रभावित भएको अतिबिपन परिवारलाई दुई छाक खान पुगोस भन्ने जलेश्वरी देबि साहको उदेश्य हो। गाउँ पालिका भरीमा ब्यक्तीगत रुपमा राहत उपलब्ध गराउनमा अग्रसर रहेका छन् । राहतमा प्रति घर दुरी चामल ५ किलो , नुन १ पोका नगद १०० रुपैयाँ दिई धन्यवाद गरेका हुन । गोबिन्द साह र जलेश्वरी देबि साह कि चार छोरा मध्ये दुई छोरा शिब कुमार साह र देब कुमार साह वैदेशिक रोजगारीको लागी हंकगमा बसोबास गर्दै आएका छ्न । जेठो छोरा राज कुमार साह नेपाली काङ्ग्रेसका गाउँ पालिकाका वडा अध्यक्षको दाबेदार समेत रहनु भएको छ । राज कुमार लामो समय देखी राजनीतिमा सकृय रहेका छन् । समाज सेबि सतेन्द्र कुमार साहको विशेष पहलमा राहत वितरण गरेको आयोजकले बताउनु भयो। वडा नम्बर १ का अतिबिपन ,गरिब ,दलित ,अपांग ,एकल महिला ,वृद्ध लगायतका पीडितले राहत पाएका हुन् । राहत वितरण ठाँउमा समाजिक दुरि कायम गरि राहत वितरणको ब्यवस्था मिलाएरको थियो ।

प्रतिक्रिया दिनुहोस

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

बोदे बर्साईन नगरस्तर ...

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लाग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१