ताजा समाचार

अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो

  • जेठ १६, २०७७
  • ३५७० पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा १६ जेठ । सिरहामा अस्पतालको लापरवाहीले एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम् राजमार्गस्थित धनगढी नजिकै रहेको आरके मेडिसिटीमा चिकित्सकको लापरवाहीले ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्नमा गाउँपालिका–४ गौरीपुरकी ४५ वर्षीया दाइलाल देवि कामति रहेकी छिन । सामान्य रक्तश्राव भइरहेकी उनलाई बिहीबार बिहान १० बजे अस्पताल ल्याइएको थियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भन्दै उनको सोही दिन राति १० बजे शल्यक्रिया गरियो ।शल्यक्रियापछि रगतको अभाव भएको र रगत चढिरहेको भन्दै आफन्तलाई बिरामी भेट्न दिइएन । तर, आज (शुक्रबार) बिहान ६ बजे अचानक उनको मृत्यु भएको जवाफ अस्पतालले आफन्तलाई दिएको छ । उनको मृत्यु आज बिहान नभई शल्यक्रियाकै क्रममा राति नै भएको परिवारजनको आरोप छ । ‘सामान्य रक्तश्राव हुँदै थियो, शल्यक्रिया गर्नुपर्ने जस्तो थिएन, तर पनि डाक्टरले भनेपछि हामीले सहमति दिनुपर्यो,’ मृतकका छोरा वीर कुमार कामतिले भने, ‘शल्यक्रियापछि हामीले पटकौं आग्रह गर्दा ममिलाई भेट्न दिएन, आज बिहान एउटा कागजमा सही गर्न अस्पतालका एकजनाले भने, यो केको लागि हो भनेर सोध्दा ममिको मृत्यु भएको र हस्ताक्षर गरेर शव लैजान भन्यो, त्यसपछि छाँगाबाट खसे झैँ भएँ ।’

शल्यक्रियाकै क्रममा आमाको मृत्यु भइसकेकाले फस्ने डरले चिकित्कसले बिहान उपचारको क्रममा मृत्यु भएको भनेर खबर दिएको उनले भक्कानिँदै सुनाए । ‘नियत ठिक भएको भए झुक्याएर हस्ताक्षर गर्न लगाउँदैनथ्यो नि,’ उनले भने । अस्पतालको जवाफ चित्त बुझ्दो नभएको मृतक पक्षको भनाई छ । पैसा लुट्नकै लागि सामान्य बिरामीलाई पनि शल्यक्रिया गरेको र लापरवाही गरेर ज्यान लिएको आरोप मृतक पक्षको छ । अस्पताल र चिकित्सककै लापरवाहीका कारणले ज्यान गएको भन्दै शव उठाउन नमानेपछि प्रहरीकै संरक्षणमा जबर्जस्ती हस्ताक्षर गराएर शव लिएर घर पठाएको मृतकका छोरा वीरले बताए । यता, उनको मृत्यु भएपछि शल्यक्रिया गरेकी चिकित्सक भने फरार भएकी छन् । मृत्युको खबरपछि डाक्टरलाई भेट्न खोज्दा अस्पातालका कर्मचारीले काठमाडौं निस्किसकेको भनेर जवाफ दिएको मृतकका आफन्तले बताए ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤