Siraha Times
ताजा समाचार

डाेम समुदायलाई पहिलो प्राथमिकता चौथो पल्ट राहत दिन पुगे अभियनता जोडी

  • जेठ १६, २०७७
  • १४९० पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १६ जेठ । सिरहाको लहान नगरपालिका वडा नम्बर –१५ मा १० घर बिपन्न डाेम परिबारलाई पहिलो प्राथमिकता दिई राहत बितरण गरेको छ । लहान १५ ढाेढनामा जम्मा १० घर धुरी डाेम हरुको बस्ती रहेको वडा अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिनु भयो । डाेम परिवारको पुर्खौली पेशा समेत मार्मा परेको छ । उनिहरुको जिबन यापन गर्न समेत कठनियाई खेपनु परेका छ । नेपाल लकडाउन भएको तिन महिनाको हाराहारीमा पुग्यो उनीहरुको पुर्खौली पेसा समेत मार्मा परेको एक पीडितले बताउँछन् । घरमा अन्न न हुँदा गाउँका हुने खानेको घरबाट ऋण कर्जा लिएर दिन बिताउने गरेका थिए । वडा अध्यक्ष तेज नारायण चौधरीले आफु बसेको वडा भित्र गरिब असाहाई एकल महिला अतिबिपन दलित समुदायलाई विशेष प्राथमिकता दिने गर्छौ बताए । मल्लिक लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएका हुन। लहान १५ ढाेढनामा चौथो पल्ट राहत लिएर गए पछि बिपन परिवारमा खुशी भएर महेश चौधरी र संगिता कर्माचार्य लाई गर्मी यामको मध्य नजर गर्दै अभियनता जोडीको सम्मान स्वरुप आफ्नो हातले बनाएको बेना दिएर सम्मान गरेका थिए । पछिल्लो समय उनले लहान २३ मा राहत दिन पुग्दा सम्मानित भएर घर फर्केको थिए । योभन्दा अगाडि वडा नम्बर– १२ जटीयाही टोलका ३५ घरपरिबार हरुलाई राहत बाडेका थिए । राहतमा प्रतिपरिबार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , एक पाउ स्वाबिन लगायतको राहत सामग्री दिईएको उनिहरुले जनाए । राहत अभियनता जोडीले नेपालमा जबसम्म लकडाउन रहन छ तब सम्म हामी राहत बाडने कार्य निरन्तर चलिरहने छ नेपाल महिला संघका केन्द्रिय सदस्य संगिता कर्माचार्य ले बताए ।

लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अन्नदान गर्न पुगेको सामाजसेबी महेश र संगिता की जोडीले बताए । हाल सम्म करिब ३ हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल ,१ किलो नुन ,आधा लिटर खानेतेल , स्वाबिन लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेको अभियान ता जोडी बताउनु भयो । गाउँमा रहेको गरिब बिपन परिवार प्रति सदैब सहयोगको भावना राखेको जन प्रति तथा समाज सेबि राम कुमारी दास ले बताउनु भयो । वितरण कार्यक्रममा सहयोगका लागि महेश्वरी चौधरीको सहयोग रहेको राहत अध्यक्ष चौधरीको रोहबरमा वितरण गरेको अभियानता जोडीले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१