सिरहामा क्वाइरेन्टाइन स्वंसेवकबाटै पत्रकारलाई दुव्र्यवहार : दोसिलाई काडा कारबाहीको माग

  • जेठ १४, २०७७
  • ८६८ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा,१४ जेष्ठ । सिरहाको माडरस्थित ब्रजमोहन झबुराम जनता माविमा सिरहा नगरपालिकाले संचालन गर्दै आएको क्वाइरेन्टाइनमा खटिएका स्थानीय स्वंसेवकहरुले न्यूज २४ टिभिका सिरहा समाचारदाता दिलिप कुमार सहनीलाई गालीगलौज गर्दै दुव्र्यवहार गरेका छन् । स्वंसेवक सिरहा नगर पालिकाका मेयर का आसोपासो पर्ने ब्यक्ती हुन । स्वंसेवक नेपाल सरकारले निर्णय गरेको मापडणड पुरा नगरेको गैर स्वंसेवक सेवक हो खुलासा भएको छ् । क्वाइरेन्टाइनको अवस्थाबारे जानकारी लिन गएका पत्रकार सहनीलाई स्थानीय स्वंसेवक शोभित यादव र उनका साथमा आएका नागमणि यादवले गालीगलौज गर्दै दुव्र्यवहार गरेका छन् । ‘क्वाइरेन्टाइनबाट मान्छे भागेको हल्ला चलेपछि बुझ्न जाँदा आफुलाई उनीहरुले यहाँ आउने तिमि को हो भन्दै दुव्र्यवहार गरेका छन्,’दिलिपले भने,‘आफु सहज रुपमा कुरा गर्न खोज्दा पनि उनीहरु उत्तेजित हुँदै गालीगलौज गर्दै ज्यान मरेर बोडरमा फाल्दिन्छु लासको सनाखत पनि हुदैन भन्ने समेत त्रासपूर्ण धमकी दिदै नजिक बॉर्डर तर्फ लैजान खोजेको उनले भने ।’ क्वाइरेन्टाइन व्यवस्थापन पक्षकै त्रुटिकै कारण व्यक्ति भागेको हल्ला भएको र सोबारे बुझ्न जाँदा आफुमाथि व्यवस्थापन पक्षकै व्यक्तिबाट दुव्र्यवहार हुनु बिडम्वनाको कुरा रहेको पत्रकार सहनीले बताए । उनका अनुसार घटनाबारे एसपी,सिडियो र नगरपालिकाका प्रमुखलाई जानकारी दिदा हालसम्म कसैले राम्रोसँग सुनुवाई गरेको छैन् । पिडकहरुले आफुलाई पटक पटक धम्की दिँदै आएको उनले दुखेसो गरे । क्वाइरेन्टाइनमा खटिएकाहरु मध्ये केही व्यक्तिले मादक पदार्थ सेवन गरेर काम गर्दै आएको एक व्यक्तिले नाम प्रकाशन नगर्ने शर्तमा बताए ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१