Siraha Times
ताजा समाचार

सिरहामा क्वाइरेन्टाइन स्वंसेवकबाटै पत्रकार सहनी माथी दुव्र्यवहार

  • जेठ १३, २०७७
  • २६०० पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा,१३ जेठ गते । सिरहाको माडरस्थित ब्रजमोहन झबुराम जनता माविमा सिरहा नगरपालिकाले संचालन गर्दै आएको क्वाइरेन्टाइनमा खटिएका स्थानीय स्वंसेवकहरुले न्यूज २४ टिभिका सिरहा समाचारदाता दिलिप कुमार सहनीलाई गालीगलौज गर्दै दुव्र्यवहार गरेका छन् ।

क्वाइरेन्टाइनको अवस्थाबारे जानकारी लिन गएका पत्रकार सहनीलाई स्थानीय स्वंसेवक शोभित यादव र उनका साथमा आएका नागमणि यादवले गालीगलौज गर्दै दुव्र्यवहार गरेका छन् ।

‘क्वाइरेन्टाइनबाट मान्छे भागेको हल्ला चलेपछि बुझ्न जाँदा आफुलाई उनीहरुले यहाँ आउने तिमि को हो भन्दै दुव्र्यवहार गरेका छन्,’दिलिपले भने,‘आफु सहज रुपमा कुरा गर्न खोज्दा पनि उनीहरु उत्तेजित हुँदै गालीगलौज गर्दै ज्यान मरेर बोडरमा फाल्दिन्छु लासको सनाखत पनि हुदैन भन्ने समेत त्रासपूर्ण धमकी दिदै नजिक बॉर्डर तर्फ लैजान खोजेको उनले भने ।

’ क्वाइरेन्टाइन व्यवस्थापन पक्षकै त्रुटिकै कारण व्यक्ति भागेको हल्ला भएको र सोबारे बुझ्न जाँदा आफुमाथि व्यवस्थापन पक्षकै व्यक्तिबाट दुव्र्यवहार हुनु बिडम्वनाको कुरा रहेको पत्रकार सहनीले बताए ।

उनका अनुसार घटनाबारे एसपी,सिडियो र नगरपालिकाका प्रमुखलाई जानकारी दिदा हालसम्म कसैले राम्रोसँग सुनुवाई गरेको छैन् ।

पिडकहरुले आफुलाई पटक पटक धम्की दिँदै आएको उनले दुखेसो गरे । क्वाइरेन्टाइनमा खटिएकाहरु मध्ये केही व्यक्तिले मादक पदार्थ सेवन गरेर काम गर्दै आएको एक व्यक्तिले नाम प्रकाशन नगर्ने शर्तमा बताए ।

 

 
 

dilip

प्रतिक्रिया दिनुहोस

सानो प्रयास, ठूलो सफ ...

रहमुल, लहान, १४ असार । वर्षौंअघि गरिएको सानो प्रयास आज ठूलो सफलतामा परिणत भएको उदाहरण बनेको छ माध्यम ...

सिरहाको हकपारामा बृह ...

रहमुल लहान, असार १३। जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा सिरहा से ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१