कविता : सुनसान

  • जेठ १०, २०७७
  • १४६७ पटक पढिएको
  • ओम प्रकाश
alt

 एकान्त वासमा जीन्दगी नै सुनसान भयो ,

परिवारिक ममताको ...

मिलनमा बज्र प्रहार भयो ।

प्रियजनको याद आऊँछ समयको शुन्यतामा...

भेट हुने होकी होईन आभार शुन्य अद्यतनमा ।

सपनीको रंगोलीमा प्रेमीलो यादहरु भुलेको छ ,

ईन्द्रेणीको रंग संगै ...

बलियो पीडालाई जीतेको छ ।

कहर आखिरमा कहर नै भयो कोरोना हिड्ने गलीहरुमा ...

डरमै जीवन बित्ने भयो अद्रिष्य कालको भूमरीमा... ।

कर्मको फल भोग्नु पर्छ रे...

प्रेम विहीन मानवताको बँगैचामा ,

सत्य पथ पालन गर्नेहरु राज गर्नेछन् रे ...!

स्वर्गको पहिरनमा । त्यसैले ...

करुणाले कोरोनालाई जीतौं मनुष्य बिचको सामाजिक दूरी राख्दै, मानवतालाई अंगाली राखौं ...

दीन दु:खीको पीडामा मलहम लगाऊँदै ।

एकान्त वासमा ... जीन्दगी नै सुनसान भयो ,

परिवारिक मवताको ... मिलनमा बज्र प्रहार भयो ।

स्वर्गरुपी घरमा ... अंधकारको जीत भयो ,

कोरोनाको दलनमा ... मानवताको हार भयो ।

कोरोनाको एकल ईजलाशमा प्रियजनको हार भयो ,

म्रित्युको फैसला संगै ... परिवारकै बेहाल भयो ।

एकान्त वासमा... जीन्दगी नै सुनसान भयो ,

परिवारिक ममताको ... मिलनमा बज्र प्रहार भयो ।

चराचुरुगींले स्वतन्त्रता पाए आकाश पनि सफा भयो ,

जंगलका जीवहरु रमेका छन् झड़नाको पानी कन्चन भयो ।

अनिकालको चपेटामा परेर देवस्थल पनि बिरान भयो ,

शक्तिको दूत अर्धमानव पनि भोकमरीको चपेटामा बेहाल भयो । शुन्यताको घडी़मा देव आत्माहरु चिन्ताको चिन्तनमा बिरान भयो , भष्मासूरको रण मैदानमा ...

सतीको पनि अपमान भयो । एकान्त वासमा ...

जीन्दगी नै सुनसान भयो , परिवारिक ममताको ...

मिलनमा बज्र प्रहार भयो । रचना - भोला प्रसाद लोहनी " पाञ्चाल "

प्रतिक्रिया दिनुहोस

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१