Siraha Times
ताजा समाचार

लहानका समाज सेबिहरु बिपन्न परिवारलाई राहत दिनमा अग्रसर हुदै

  • जेठ ३, २०७७
  • १३६८ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ३ जेष्ठ - सिरहाको लहान नगर पालिका वडा नम्बर ११ लक्षमिनिया ,पिर्बोनी र पडरियाममा राहत वितरण गरेको छ । नेपाली कांग्रेसको वडा अध्यक्षको प्रत्यासी उमेदवार सुर्य नारायण चौधरीको विशेष पहलमा २०० सय घर धुरी बिपन्न बर्गलाई राहत वितरण गरेका छन् । नेपाली काङ्ग्रेसले गरिबको भावना बुझी १० कुईनटल चामल सहयोग गरेको हो। विभिन्न मनकारी दाताहरुको सहयोगमा राहत वितरण भको समाज सेबि महेश चौधरीले बताए । राहत उपलब्ध गराउने दाताहरुमा आयन कन्ट्क्सन को प्रतिनिधी दिपेन्द्र ठाकुरले स्वर्गीय गंगां प्रसाद ठाकुरको स्मृति दिनको मध्य नजर गर्दै कोरोना प्रभावित परिवारलाई राहत वितरण गरेका हुन् । राहत उपलब्ध गराउनेहरुमा आयन कन्ट्रक्सन प्रालि लहान सिरहा ,समाज सेबि अजय कुमार चौधरी , सहमिलको संचालक दसन चौधरी , बच्कुन चौधरी , समाज सेबि रामचन्द्र शाह , चम्पा चौधरी , सतोनी देबि चौधरी लभ कुमार के.सी. , पशुपति चौधरी लगायतका एक मनकारीहरुको समुहले खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।

राहत सामग्रीमा प्रति परिवार चामल १० किलो ,दाल १ किलो ,आलु २ किलो , नुन १ पोका ,खाने तेल आधालिटर , मस्यौउरा स्वाईबिन एक पाउ ,माक्र्स ४ पिस वितरण गरेको समाज सेबि अजय चौधरी ले जानकारी दिनु भयो । स्थानीय सरकार र प्रदेश सरकारले वितरण गरेको राहातमा छुट्टेको परिवारलाई विशेष प्राथमिकता दिई कोरोना भाईरस तथा लकडाउन बाट प्रभावित गरिब असाहाई , अपांग एकल महिला र ज्याला मजदुरी गर्ने बिपन्न समुदायलाई राहत वितरण पाएका हुन् ।विपन्न परिवारलाई राहत वितरण गरिरहँदा सबै खुसी अनुभुति गरिरहेका थिए ।

 

हामीले यो राहत वितरण गर्ने अभियान लहान नगर पालिका ११ बाट सुरु गरेका छौँ यस्लाई हामी घर - घरमा प्रशिक्षण सहित लकडाउन अबधि भरी जारिनै राख छु नेपाली काङ्ग्रेसका युवा नेता तथा वडाका प्रत्यासी सुर्य नारायण चौधरीले जानकारी दिनु भयो । राहत पाउने एक पीडित भन्छ यस्तो समाज सेबिहरु नेपाल र हाम्रो लहान अरु भयो भने हामी जस्तो गरिब गुर्वा कहिले भोकै मर्दैन बताए राहत उपलब्ध गराउने दाताहरुलाई धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१