"के धर्म-निरपेक्ष गणतन्त्रको दियो निभ्नै लागेको हो ?"

  • जेठ २, २०७७
  • १९१७ पटक पढिएको
  • ओम प्रकाश
alt

भनिन्छ, हरेक विषय र वस्तुको सिमा हुन्छ र प्रकृतिको विधानमा सिमा, आयु, प्राकृति, प्रवृत्ति, गुण-दोष निर्धारित छ ! जो जन्मिन्छ / जन्म लिन्छ त्यसको मृत्यु निश्चित छ आयु निर्धारित हुन्छ । त्यस्तै मानव, चरा-चुरुङ्गी, जनावर, राष्ट्र, ब्यवस्था, तन्त्र हरेक विषय र बस्तुको जन्म सँगै उसको आयु पनि सँगै तोकिएर आउँछ । नेपालको राजनीतिक यात्रा वा शासन ब्यवस्थाको क्रम-भङ्गतालाई सूक्ष्म अध्यन र विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि प्रत्येक १० वर्षमा तथाकथित परिवर्तनहरु निरन्तर हुँदै आईरहेको दिखिन्छ । बि.सं. २००७ सालपछिका इतिहासले स्पष्ट संदेश दिएको छ, जतिजति बेला समय, सन्दर्भ, परिस्थिति, विषय र त्यसले माँगगरेको जन-भावनाको सहि ब्यवस्थापन अर्थात "NANO-MANAGEMENT OF THEME" भएन वा तत्कालीन राज्य-सत्ताद्वारा गर्न आनाकानी वा बेवास्ता गरियो तब तब "ब्यवस्था पशुपति आर्यघाटमा विसर्जन" भयो । त्यस्तै अवस्था आज फेरि नेपालमा देखिदैछ, राजनीतिक हुडदङ्ग गर्न, आ-आफनो निहित स्वार्थपुर्ती र सस्तो लोकप्रियता कमाउन, भ्रष्टाचार र ब्यवस्थाको बेतिथी लुकाउन आम जनता एवं अन्तर्राष्ट्रिय निकायको ध्यान भटकाउने उद्देश्यले आ-आफनो खुद्रा पसल (राजनीतिक दल) का कामदार, भरिया, नोकर, गुलाम, आसेपासे, नातागोता, मुन्द्रे-मुछुन्द्रे-कुण्डले हरुलाई सडकमा तमासा गर्न छुट दिने लम्पसारवादी पाखण्डी छेपरे देशबेचुवा कमिसनखोर तथाकथित "धर्म-निरपेक्ष गणतन्त्रवादी" हरु लाई "राजा ज्ञानेन्द्र" सित यतिका भ्य किन ? "राजा ज्ञानेन्द्र" का सकारात्मक सुझाव, प्रतिक्रिया, सहयोग ले पनि जडैदेखी हल्लिने यो कस्तो गणतन्त्र हो ? "राजा ज्ञानेन्द्र" को बढदो लोकप्रियता र देश एवं जनता प्रतीको माया, प्रेम, स्नेह, लगाब ले सातोपुग्लो उडने यी तथाकथित "गणतन्त्रवादी" हरुको जग कतिको फुस्रो रहेछ भन्ने स्पष्ट दिखिदैछ, औकाद र हैसियत छर्लङ्ग भयो । वास्तवमा नाङ्गै रहेछन त यी "धर्म-निरपेक्ष गणतन्त्रवादीहरु" । हे निर्लज्ज रिमोट कन्ट्रोलले संचालित कितृम मानवहरु, हे कोरोना भाइरसका समगोत्री धर्म-निरपेक्ष गणतन्त्रवादीहरु, हे नेपाल आमाका कपुतहरु तिमीहरूलाई सोध्न चाहन्छु कि, यदी तिमीहरू देशमा पूर्णरूपले लकडाउन नै गर्न चाहेकाे हो भने, तथाकथित संघीय संसद किन चालू छ ? देशभर लकडाउनकाे समयमा सांसद र तथाकथित जनप्रतिनिधिहरूलाई मनपर्दी गर्न र हुडदङ्ग मचाउन छुट किन ? प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिती सदस्य तथा पुर्व उपप्रधानमन्त्री तथा गृह एवं रक्षामन्त्री भिमरावलकाे बडिगार्ड नै काेराेना संक्रमित भएकाे अवस्थामा सबै नेता तथा सांसदहरूलाई सेल्फ-क्वाराइन्टाइनमा राख्नु पर्ने हाेइन र ? तर यसकाे विपरीत राजा ज्ञानेन्द्र एवं महारानी कोमल राज्य लक्ष्मी देवी शाह आफनै निजी निवास काठमाडौँ फिर्ति सवारी हाेइबक्सनकाेलागी झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै गृहमन्त्रालयको अक्रमन्यता र नितान्त लज्जास्पद कु-कार्य तहद खारेज किन नी ? कानून सबैलाई समान हुन्छ, जनतालाई निषेध, राजालाई निषेध अनि तिमीहरूलाई मात्र छुट किन नि ? कुन एन-कानुन तहत नी ? याे नेपाल अधिराज्य तिमिहरूकाे पेवा हाेइन नेपाली जनता र राजसंस्थाकाे धराेहर हाे । त्यसैले हिजाेसम्म र आजपनी गाह्रो परेको बेला राजाकाे पछाडी पुच्छर हल्लाउनेहरू, राजाको जुठो भाँडो माजेर र जुठो चाटेर यहाँसम्म पुगेका तिमीहरू अाज बिदेशी प्रभुहरुकाे अाडमा उफ्रिएर राजाकाे अपमान गर्ने तथा जनतालाई पिडित गर्ने र देशलाई बेच्ने कार्य तत्काल बन्द गर । वास्तवमा नै देशभक्त हाे भने पहिला भारत र चीनले हडपेकाे हाम्रो भूमि फिर्ता ल्याएर देखाउ हाेइन भने लकडाउन सँगसँगै धर्म-निरपेक्ष गणातन्त्रकाे पनि अन्त निश्चित छ । पार्टीको झोले र गाडीमा कम्युनिष्टको झण्डा हालेर आउने/जाने र सडक एवं समाजमा हुडदङ्ग गर्नेलाई मात्र पास दिईने अध्यादेश पनि स्वीकृत गरायौ कि राष्ट्रपतिबाट ? चेतना भया, ज्ञानेन्द्र शाह ती पृथ्वीनारायण शाहका सन्तान हुन जस्ले आधुनिक नेपाल निर्माण गरे, जसलाई बेचिबेची खाँदै छौ र लूटदै छौ तिमीहरू ! "राणाकालमा राजाहरू अनुमति लिएर मात्र बाहिर निस्किन पाउँथे, त्रिभुवनलाई अत्याचार सहन गाह्रो भयो र ब्यवस्था फेरियो" । औचित्यहिन कामका लागि पास दिईरहेको सरकारले आफ्नो निवास फर्किन राष्ट्र निर्माण गरेकाको सन्तानलाई रोक्यो भन्ने समाचार आएको छ । सम्बन्धित सबैलाई हेक्का होस् , ज्ञानेन्द्र तिनै पृथ्वीनारायण - त्रिभुवन - बिरेन्द्रका बंशज एवं नेपाल नरेश हुन् ! "बिनास काले बिपरित बुद्धि" भनेको यहि हो, बाउ-बाजेको मुखले सुनेको थिए कि "कमिलालाई प्वाँख भयो भने बुझनु कि उसको आर्यघाट जानेबेला भयो" भनेर, हो रहेछ ! गणतन्त्रको आयु समाप्त भएर निभ्न लागेको दियो जस्तै अवस्था छ । धर्म-निरपेक्ष गणतन्त्र रूपी कोरोना भाइरसको मुल भ्याक्सिन आम मुक्ति कामी जनता नै हुन, तैयारी थालौं, बैण्ड-बाजा-बरात को साथ पशुपति आर्यघाटमा विसर्जन गरौं ! आजै अहिल्यै देखि एजजुट भै शंखनाद गरौँ !! अब अति भयो, परिवर्तन गर्नैपर्ने भयो भन्ने भावना राजा त्रिभुवनलाई जस्तै राजा ज्ञानेन्द्रलाई पनि आओस् ।

धन्यवाद ! डा. मनोज मुक्ति "विवेक"

डा. मनोज कुमार झा

राष्ट्रिय अध्यक्ष जनतान्त्रिक तराई मुक्ति मोर्चा

प्रतिक्रिया दिनुहोस

राउ स्मारक अस्पतालमा ...

रहमुल लहान १० जेठ । सिरहाको लहान स्थित रा.उ. स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंस ...

नाम मात्रको भर्ना अभ ...

लहान, जेठ १० । लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयको हालै गरिएको अनुगमनले ...

इलाका प्रहरी कार्याल ...

अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१