सिरहाको भगवानपुर गाउँपालिकामा विपन्न तथा दलित परिवारलाई पहिलो प्राथमिकता राहत वितरण कार्य सुरु

  • जेठ १, २०७७
  • १४९६ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १ जेठ - बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई गाउँपालिकाले राहत सामग्री बितरण गर्ने भएको छ । सिरहाको भगवानपुर गाउँपालिकामा आजदेखी राहत वितरण कार्य सुरु गरिएको हो। वडा ३ र ५ का ३०० दलित घरपरिवारहरुलाई राहत वितरण गरिएको हो ।गाउँपालिकामा दलित, अति विपन्न परिवारहरुलाई पहिलो प्राथमिकता दिई राहत वितरण कार्य सुरु गरेका हुन् ।भोलि वाडा ३ र ५ मा राहत वितरण कार्य पुरा गरि वाडा नम्बर १,२ र ४ मा पनि राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले बताउनुभयाे । भगवानपुर गाउँ पालिका भित्र ५ वडा रहेको छ। यि नै हुन अध्यक्षहरु वडा नम्बर -१ बद्री नरायण यादव ,वडा -२ तेजुलाल चौधरी ,वडा ३ हरि नारायण यादव वडा- ४ बिन्देश्वर साह ,वडा ५ अमरलाल यादव रहनु भको छ । सबै वडा कार्यालयहरुमा राहत वितरणमा अध्यक्षहरु बेस्त देखिन्छ ।

राहत वितरण सामग्रीमा गुणस्तरीय चामल २५ किलाे, दाल २ किलाे , नुन १ किलाे र तेल १ लिटर गरि वितरण गरेकाे गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद यादवले बताउनु भयो । राहत लिने लक्षित वर्गहरुले राहत ढिलाे भएपनि गुणस्तरीय र राम्रो प्यकेज पाएकोमा खुशी व्यक्त गरेका हुन। सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो। जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएका थिए । सबैले सहयाेग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई अध्यक्षले आग्रह गरेका हुन । पहिलो चरणको राहत वितरण कार्य समापन पछि अरु गरिब ,असहाय बिपन्न परिवारहरुलाई गाउँपालिकाको अध्यक्षसंग समन्वय गरि राहत वितरण गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१