Siraha Times
ताजा समाचार

लकडाउनमा दीनदुखीको सहारा भनेका छन् जितन र ललिता

  • जेठ १, २०७७
  • १५११ पटक पढिएको
  • ओम प्रकाश
alt

दिनेश्वर गुप्ता लहान, १ जेठ । ‘सेवा नै धर्म हो,’ ‘जीवन नै दीनदुखीको उद्धार हो’ भन्दै दीनदुखीको सहारा बनेका छन् लहान ८ का एक दम्पती । ज्याला मजदुरी गरी जीवन बाँचिरहेका व्यक्ति लकडाउनमा एक छाक खान कठिनाई भोगिरहेका छन् । यस्ता घरपरिवारलाई राहत दिएर उहाँहरु रोगभोकबाट मुक्ती गराइरहेका छन् । लकडाउनमा यस्ता गरिब, दलित, विपन्नवर्गको लागि स्थानीय सरकारले राहत दिएको छ । तर, चाहे बमोजिम राहत स्थानीय सरकारले व्यवस्था गर्न नसकेको र छुटेका गरिब, दलित, विपन्नवर्गको सहारा बनेका छन् जितन यादव र ललिता यादव । आफ्नो नीजि लगानीमा यादव दम्पतीले लहानको गरिब, दलित, विपन्नवर्गको बस्तीमा पुगेर राहत उपलब्ध गराइरहेका छन् । उनीहरुले लहान १, ७, ८, १६, १९ लगायत अधिकाँश वडामा पुगेर राहत उपलब्ध गराइरहेका छन् । योसँगै छिमेकी नगरपालिका धनगढीमाईमा समेत पुगेर राहत उपलब्ध गराएका छन् । यादव दम्पतीले हालसम्म करिब पाँच सय घरपरिवारमा राहत उपलब्ध गराइसकेका छन् । पहिलो चरणको राहतमा यादव दम्पतीले १० किलो चामल, एक किलो नुन, एक किलो दाल, सोयाविनलगायत तरकारी प्रति घर परिवार उपलब्ध गराउँदै आएको छ । गाउँगाउँ पुगेर राहत उपलब्ध गराउँदै आएका उहाँ दम्पतीको घरमा समेत दीनदुखी आइपुग्दा समेत राहत दिँदै आएका छन् । लहान ८ स्थित आफ्नै निवासमा यादव दम्पतीले बैशाख ३१ गते एक सय ३५ घरपरिवारलाई राहत उपलब्ध गराएका छन् । यादव दम्पतीका छोरा अरुण यादव, विरेन्द्र यादव र अर्जुन यादवले समेत राहत उपलब्ध गराउँन सहयोग गर्दै आएका छन् । लहान ८ का वडाध्यक्षका प्रत्यासी श्याम साह भौरेभौरले ‘यादव दम्पतीको यो उदाहरणीय काम हो ।’‘ लकडाउनको बेला स्थानीय सरकार नपुगेको ठाउँमा उहाँहरु सहयोग गर्दै आएका छन् ।’ ‘समाजको लागि उहाँहरु यत्तिबेला दिव्यरुप भएका छन् । अहिलेसम्म २५ क्वांटल चामल गरिब, दलित, विपन्नवर्ग उपलब्ध गराईसकेका छन् । राहत वितरण गर्न उहाँ यादव दम्पतीको अभियान जारी छ । आजको राहत वितरणको लागि विजय साह, संजय पासमान, गोपाल पासमान, मागेन पासमानलगायत समाजिक दुरीको लागि सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१