बिपन्न परिवार जोगाउन समाज सेबिको राहत

  • जेठ १, २०७७
  • ११५१ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १ जेष्ठ - राहत अभियताहरुको टोलि बुधबार सिरहाको लहान नगर पालिका वडा नम्बर ८ स्थित रहेको बिपन्न बस्तीमामा पुगेका छन् । सरकारी सहयोग विना नै चैत १९ गतेदेखि बैशाख ३१ गतेसम्म लगातार चर्को घामको ख्याल नगरी दैनिक विपन्न बस्तिमा राहत दिन निस्किने जोडि बैशाख ३१ गते लहान नगरपालिकाको वडा नं. ८ पुगेका हुन् । नगरपालिकाबाट राहत नपाएकाहरुलाई खोजीखोजी राहत वितरण गरिरहेका समाजसेवी तथा नेपाली कांग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्मचार्य अहिले देशमै लगातार राहत वितरण गरिरहने जोडीमा परेका छन् । अर्का समाजसेवी जितन यादव र ललिता यादवको महजोडीले लगातार समेत राहत समाग्री उपलब्ध गराउँदै आएका छन् । जितन यादवको श्रीमती ललिता यादव धर्मिक महिलाको रूपमा चिनिन्छ । ललिता बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्ने गरेको उनकी परिवाजनले बताए । उनको छोराहरु पनि सहयोगि भवनाको हुनुहुन्छ । छोराहरु अर्जुन कुमार यादव ,अरुण कुमार यादव , बिरेन्द्र कुमार यादव हुन् । राहत वितरण कार्यक्रममा श्याम सोनी साह भोरेभोरको बिशेष पहल रहेको चौधरीले बताए ।जितनको छोराहरु पनि सानै देखी सहयोगि भवनाको हुनुहुन्छ भने समाजमा चर्चा भईरहेको स्थानीयहरु बताउँछन् । राहतमा १० किलो चामल ,१ किलो दाल , १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु १ किलो प्रबल ,१ पाउ स्वाईबिन वितरण गरेको हो। महेश र संगिताको छोरा छोरी अध्ययनका लागि अष्ट्रेलिया गएका छोरा अभिषेक र अमेरिका गएका छोरा किसन र छोरी स्मीताले बुवा आमालाई लकडाउनबाट समस्यामा परेकालाई सहयोग गर्न प्रोत्साहन गरिरहेका छन् । तर कतिपय मानिसहरु छुटफुटमा परेका, नागरिकता नभएका, डेरा गरी बस्ने र सुकुम्बासीहरु, दलित परिवार, एकल महिला, फरक क्षमता भएका, मजदुर, रिक्सा, ठेला हाक्नेहरुलाई लक्षित गरी राहत वितरण गरिरहेका महेश चौधरी र संगीता कर्मचार्यले २६ दिनमा एक हजार भन्दा बढी परिवारलाई राहत बाँडेका छन्

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१