Siraha Times
ताजा समाचार

राष्ट्रिय युवा संघ नेपाल द्धारा सिरहाको लहानमा रक्तदान

  • वैशाख ३०, २०७७
  • १७८६ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ३० बैशाख । सिरहाको लहानमा वडा न. ७ स्थित राम मन्दिरको अगाडि राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिरहाद्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ् । उक्त कार्यक्रम सिरहा क्षेत्र नम्बर १ क का निर्वाचित प्रदेश सभा सदस्य माननीय लगनलाल चौधरी ले कार्यक्रम को उद्द्घाटन गरेका थिए बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरुभएको रक्तदान कार्यक्रम सुरु गरेको हो । नेपाल प्रहरी लगायत स्थानीय युवाहरुको एक समुहले रक्तदान गरेका छन् । कार्यक्रममा ६० जना सहभागी ले रक्त दान गरेको हुन । राष्ट्रिय युवा संघका अध्यक्ष राजेश यादवले जानकारी दिनु भयो कार्यक्रममा रक्तदाताहरुलाई समाजिक दुरी कायम गरी आसन ग्रहण गराएको राष्ट्रिय युवा संघ जिल्ला कार्यसमिति सिरहाका सह संयोजक आशानन्द यादवले बताए । यादवले ब्लड बैंकमा रगतको आभाव भएको बेला रगत दान गर्न जिवनदान गरेको सरह हुने बिश्वास पत्रकार महेश सिंह संग कुरा ब्यक्त गरेका छन । नेकपाका युवा नेता बिजय गुप्ता र सुरेन्द्र साहको अगुवाईमा उक्त कार्यक्रम भएको हो। युवा नेताहरुमा बिवेक परीयार ,नितिश नन्दन यादव , दिनेश साह, नजाम अन्सारी ,ओपेन्द्र शाह लगायतका नेताहरुको सहभागीता रहेको थियो । लकडाउनलाई मर्यादित बनाउदै कार्यक्रम सफल भएको सिरहाका सह संयोजक आशानन्द यादवले दाबी गर्नु भयो । ईलाका प्रहरी कार्यालय लहान र ईलाका प्रशासनले निर्देशन दिए अनुसार भिडभाड नगरी पालैपालो रक्तदान गरिएको अध्यक्ष यादवले बताए । कार्यक्रम सहभागी सम्पुर्णलाई सुरुमै सेनिटाईज गरी कार्यक्रम शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१