भारवाहन, कुल्ली ,रिक्सा ठेला मजदुरलाई राहत

  • वैशाख २७, २०७७
  • ७०१ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान २७ , बैशाख । बिपन्न परिवारको चुल्हो बाल्न आज फेरी महेश चौधरी र संगिता कर्माचार्यको जोडी द्धारा राहत बितरण भएको छ । एपोलो ऊँ ईङ्गलिस बोडिङ्ग स्कुल , जय सिंह , रामदयाल साह , गुप्ता पेट्रोल पम्प धनगडी , जितन यादव र ललिता यादवको बिशेष सहयोग र पहलमा आज राहत बितरण गरीएको हो । लहान नगरपालिका वडा नम्बर ५,६ र ८ का ६० जना भारवाहन , कुल्ली र रिक्सा ठेला मजदुरलाई राहत समग्री दिईएको उनिहरुले बताए । प्रति परिवार १० किलो चामल , १ पाकेट तेल , १ किलो नुन दिईएको हो । चर्को घाम पानीको ख्याल नगरी बिहान देखी बेलुका सम्म गरिब बिपन्नको राहत दिन चामल, तरकारी , नुन तेल संङ्कलन, खरिद र बितरणमा दिनहु यिनिहरु समय खर्च गरिरहेको छ । मानव भएर बिपत्तमा परेका मानवहरुलाई सेवा गर्नुपर्छ मुख्य उदेश्यका साथ दैनिक रुपमा यि जोडी राहत वितरणका लागी बिपन्न समुदायमा निस्किने गर्दछ । राहत पाएपछी मजदुरहरु हर्षित भएको थियो । यसैबिच हिजो शुक्रवार यि जोडीले लहान नगरपालिका वडा नम्बर ७ , ८ का १०५ बिपन्न परिवारलाई राहत बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१