Siraha Times
ताजा समाचार

भारवाहन, कुल्ली ,रिक्सा ठेला मजदुरलाई राहत

  • वैशाख २७, २०७७
  • ८२९ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान २७ , बैशाख । बिपन्न परिवारको चुल्हो बाल्न आज फेरी महेश चौधरी र संगिता कर्माचार्यको जोडी द्धारा राहत बितरण भएको छ । एपोलो ऊँ ईङ्गलिस बोडिङ्ग स्कुल , जय सिंह , रामदयाल साह , गुप्ता पेट्रोल पम्प धनगडी , जितन यादव र ललिता यादवको बिशेष सहयोग र पहलमा आज राहत बितरण गरीएको हो । लहान नगरपालिका वडा नम्बर ५,६ र ८ का ६० जना भारवाहन , कुल्ली र रिक्सा ठेला मजदुरलाई राहत समग्री दिईएको उनिहरुले बताए । प्रति परिवार १० किलो चामल , १ पाकेट तेल , १ किलो नुन दिईएको हो । चर्को घाम पानीको ख्याल नगरी बिहान देखी बेलुका सम्म गरिब बिपन्नको राहत दिन चामल, तरकारी , नुन तेल संङ्कलन, खरिद र बितरणमा दिनहु यिनिहरु समय खर्च गरिरहेको छ । मानव भएर बिपत्तमा परेका मानवहरुलाई सेवा गर्नुपर्छ मुख्य उदेश्यका साथ दैनिक रुपमा यि जोडी राहत वितरणका लागी बिपन्न समुदायमा निस्किने गर्दछ । राहत पाएपछी मजदुरहरु हर्षित भएको थियो । यसैबिच हिजो शुक्रवार यि जोडीले लहान नगरपालिका वडा नम्बर ७ , ८ का १०५ बिपन्न परिवारलाई राहत बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१