Siraha Times
ताजा समाचार

सिरहाको कल्याणपुर नगरपालिकामा अति विपन्न ए ग्रेडका परिवारलाई पहिलो प्राथमिकतामा राहत वितरण कार्य सुरु

  • वैशाख २६, २०७७
  • १४०९ पटक पढिएको
  • ओम प्रकाश
alt

श्रीकान्त झा  सिरहा । २६,बैशाख । लक डाउनबाट प्रभावित सिरहाको कल्याणपुर नगरपालिकाका वडा नम्बर ५ का अति विपन्न ए ग्रेडका परिवारलाई राहत वितरण सम्पन्न भएको छ । सिरहाको कल्याणपुर नगरपालिका वाडा ५ मा विपन्न परिवार धेरै भएको कारण ग्रेडिगंमा ए वि र सि गरि राहत वितरण गरे अनुरुप ए ग्रेडका अति विपन्न परिवारलाई पहिलो प्राथमिकता दिई राहत वितरण कार्य सुरु गरेको कल्याणपुर नगरपालिका वाडा ५ का वाडा अध्यक्ष दिपेन्द्र यादव वरवरियाले जानकारी दिएक छन् । अध्यक्ष दिपेन्द्रका अनुसार लक डाउनमा परेका विपन्न परिवारले राहत पाउँनु पर्छ तर सम्वन्धित निकायले पठाएको राहत कोटा सिमित भएको कारण हामी चाहेर पनि दिन नसकेको वखत विरोधको अवस्थालाई मध्य नजर गर्दै अति विपन्नलाई ए विपन्नलाई वि र अलि त्यो भन्दा माथिका विपन्नलाई सि ग्रेडमा राखि राहत वितरणको प्रकृयालाई अगाडी वढाईएको छ । राहत वितरण सामग्रीमा चामल १५ किलो, दाल डेढ किलो, चिनी १ किलो, नुन १ किलो र नुहाउने साबुन २ पिस वितरण गरेको छ । वडा नम्बर ५ गाउँमा १४६ सय घरधुरीलाई राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१