Siraha Times
ताजा समाचार

सिरहामा सडक दुर्घटनामा परी महिलाको ज्यान गयो

  • वैशाख २६, २०७७
  • ७९३ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा २६ बैशाख । सिरहको गोलबजारमा ट्रकको ठकर बाट एक महिलको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख. ३३०९ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सबार साफी विष्णुपुर गाउँपालिकामा आफन्तकोमा गइरहेका बेला मैनाबत्ति पुलको विचमा एकैपटक दुईवटा ट्रक आएका बेला डराएर साइकल अनियन्त्रित भएपछि साइकल ट्रकमा ठोक्किएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरिले जानकारी दिनुभयो । सिरहाको गोलबजार नगरपालिका–४ मैनाबत्ति पुलमा ट्रकले किचेर धनगढीमाई नगरपालिका–१० की ३५ वर्षीया विन्दा साफीको बिहीबार बिहान मृत्यु भएको छ् । ट्रकले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि अस्पताल लहानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१