Siraha Times
ताजा समाचार

कोरोना कहरको मारमा परेको बिपन्न परिवार महेश र संगीता लाई गुहार्दै

समाजिक सन्जालमा चर्चामा आएको यि दुई जोडीलाइ सिरहाटाइम्स सलाम गर्दछ

  • वैशाख २५, २०७७
  • ११९१ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २५ , बैशाख । बिगत केहि दिन देखी समाजिक सन्जालमा चर्चामा आएको यि दुई जोडी गरिबको कहरको पिडा बुझ्न गाउँ -गाउँ घुमदै छन्। बिपन्न समुदायको यस्ता पिडा सुनेपछी लहानको वडा नम्बर २४ मानिक दह झिटकी टोल पुगेका थिए । मनकारी युवा महेश र संगिता राहत बितरण गर्न गाउँ केन्द्रित भएका हुन् । राहत बाडन गाउँ पुगेका सामाजसेबी महेश चौधरीलाई गुहार्दै पीडित परिवार आफनो दुखेसो सुनाउ छिन । लहान नगरपालिका वडा नम्बर ८ की समाजसेबी ललिता यादब र जितन यादब लगायत एपोलो उँ ईङ्गलिस बोडिङ्ग स्कुल लहानको सहयोगमा त्यहाँ राहत दिन पुगेको उनले बताए । संगिता कर्माचार्य र महेश चौधरीको जोडीले बिपन्न परिवारहरुलाई राहत दिईएको छ ।

 

राहत समग्रीमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन दिईएको हो । यस अघि यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १२ , १३, १४, १६, १७, लगायतका वडाका बिपन्न घर – परिवारलाई राहत वितरण गरिसकेको छ ।बिपन बर्ग भन्नछन् हामी राहतको प्रतिक्षामा थियौ मनकारी जोडीले राहत दिएपछी हामी धेरै खुसी भएका छौँ । राहत पाउने बिपन्न परिबारहरु दुई जोडीलाई हृदय देखि नै धन्यबाद दिएका छन । सोही वडा निबासी एबम नेपाल मानबअधिकार संगठनका केन्द्रिय सदस्य समेत रहेका मानब अधिकारकर्मी राजकुमार राउतले लहान नगरपालिकाले बितरण गरेको राहत प्रणालीमा नाताबाद , पार्टीबाद , कृपाबाद भएको आरोप लगाएका छन । आफुलाई मनपरेको ब्यक्तिलाई वडा अध्यक्षले नगरपालिकामा नामाबली पठाएको आरोप लगाए ।

 

हाम्रो वडामा राहतको नाममा बिपन्न बर्गलाई धरै नै अन्याय भएको भन्दै नगरपालिकाको ध्यान आकर्षण गर्न उनले सुझाब दिए । सरकारको निर्देशन अनुसार नगरपालिकाले वडामा राहत बितरण नगरेको राहत बास्तबीक बिपन्न बर्ग मजदुरहरुले पाउने हो यहाँ सम्पन्न ब्यक्तिमा पनी राहकत बितरण गरेको उनले बताएका छन । कुमारी दासिनको मिल्दो जुल्दो अबस्था छ । दुई छोरी रहेको दासिनको श्रीमान ३० बर्ष आगडी नै स्वर्गारोहण भैसेको छ । उनको पनि जग्गा जमीन छैन उनी पनी भुमिहीन छिन उनले नगरपालिकाबाट राहत नपाएको बताईन घर परिवार चलाउन धैरै नै समस्या रहेको छ ।’ उनि सामाजिक सुरक्षा भत्ता पाउछिन नगरपालिकाले मंसिर देखि सामाजिक सुरक्षा भत्ता दिएको छैन भन्दै अफनो पिडा सुनाईन । सामाजिक सुरक्षा भत्ता दिदाँ परिवारमा केहि राहत हुन्थ्यो उनको भनाई छ । भोट दिएर जिताएको स्थानिय सरकारहरु अहिले मस्त निन्द्रमा स्ुतेको उनले आक्रोश पोखे । जितेका नेता कोई गोजीबाट खर्च गर्न नचाहने सरकारी बजेटको आशमा बसेको दासिनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१