ताजा समाचार

लकडाउन प्रभावित बिपन परिवारलाई काङ्ग्रेस नेता महेश , संगिताले गरे राहत वितरण

  • वैशाख २३, २०७७
  • १४१६ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २३ बैशाख - नेपाल सरकारले कोरोना भाईरस बाट बच्चन र एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्न न दिन सरकारले देश भरि लकडाउन गरेको लामो समय बितिसक्दा पनि ज्यालादारी गर्ने गरिब, असाहाई ,बिपन बर्ग, मजदुर , जेष्ठ नागरिक , एकल महिलाहरु बढी प्रभावित भएका छन् । लकडाउनको मार्मा परेका बासिन्दाहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा मनकारी महेश चौधरी र संगीता कर्माचार्यले राहतको जोहोगरी गरिबको भावना बुझ्न घर - घर राहत लिएर पुगनेगरे का छन । नगरपालिका भित्र रहेका ६० जना एकल महिला र जेष्ठ नागरिकहरु संगै केहि दैनिक ज्याला दारी गर्ने पिडित लाई शिवम रेन्बो स्कुल ,न्यु मनोकामना स्कुल,सलहेश फुलबारी स्कुल, मनकारी जितन यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री बितरण गरेका छन । एपोलो ॐ स्कुलका प्रिन्सिपल समेत रहनु भएका महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले राहत स्वरुप १० किलो चमाल,१ किलो आलू , १ किलो प्याज़,१ किलो परवल ,१ किलो नून सहितको राहत सामाग्री वितरण गरेको हो ।नेपाल लकडाउन भएको पहिलो हप्ता देखि नै लहानका विपन्नबर्गहरुलाई लागी सहयोग मागी राहत वितरण गरेका हुन् । सिरहामा महेश र संगिता निकै लोक प्रिय् बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤