Siraha Times
ताजा समाचार

ओरेक नेपाल सिरहा दुवारा गर्भवती महिलालाई राहतमा पौष्टिक आहार

  • वैशाख २२, २०७७
  • २०७३ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २२ बैशाख - ओरेक नेपाल सिरहाले लहान नगरपालिका वडा नं. १३ का गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । ओरेक नेपाल सिरहाले वडा नं. १३ को सहकार्यमा ११३ जनालाई राहत वितरण गरिएको हो । लहान नगरपालीका वडा नम्बर १३ अध्यक्ष महेश श्रेष्ठको उपस्थितिमा राहत वितरण गरेका छन् । नेपाल सरकारले देश ब्यापी रूपमा लागु गरेको सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेका हुन । कोरोना भईरसको कारण सिर्जना भएको समस्यामा गर्भवति महिलाहरु वढी प्रभावीत भएकाले ओरेक नेपाल सिरहा लहान पौष्टिक आहारसंगै राहत वितरण गरिएको हो । प्रत्येक व्यक्तिलाई चामल २५ केजी, दाल १.५ केजी, चना १ केजि, खाने तेल १ लिटर, नुन १ केजी, सरसफाईको लागी सावुन ३ वटा, सरफ १ प्याकेट र सुतिको कपडा २ मिटर वितरण गरेको हो ।ओरेक नेपालका अनिता चौधरीले जानकारी दिनु भयो । समस्यामा परेका सुत्केरी र गर्भवती महिलाहरुलाई समस्या बाट जोगिन ओरेक नेपाल सिरहाले पौष्टिक राहत वितरण गरेको हो ।आउने दिनहरुमा यस्तो बिपतको घडीलाई मध्य नजर गर्दै सहयोग गरिने ओरेक नेपालका संयोजक ज्योति तिवारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१