Siraha Times
ताजा समाचार

सिरहा नगरपालिकाको वडा न.१५ द्वारा राहत वितरण

  • वैशाख २२, २०७७
  • १८६४ पटक पढिएको
  • ओम प्रकाश
alt

नरेशचन्द्र बरबरिया,सिरहा २२ गते ।कोरोना संक्रमण बढ्न नदिन गरिएको लकडाउनका कारण दैनिक जीवन कष्टर बन्दै गएका विपन्न परिवारलाई सिरहा नगरपालिकाको वडा न.१५ ले राहत वितरण गर्न शुरु गरेका छन । राहत वितरणको पहिलो दिनमा माडर बजारका गरिब,बिपन्नलाई राहत बाडिएको छ । वडा अध्यक्ष धनिकलाल यादवले जम्मा ४८९ घरधुरीलाई २५ किलो चावल,३ किलो दाल,२ किलो नुन,२ लिटर खाने तेल,२ वटा नुहाउने साबुन प्याकेज बनाएर प्रत्येक परिवारलाई वितरण गरिरएको अध्यक्ष यादवले जनाए । ‘तथ्यांक संकलन गर्न समय लागेको हुँदा राहत वितरणमा केही ढिलाई भयो,’ अध्यक्ष यादवले भने,‘ढिलै भएपनि लकडाउनको नीतिलाई आत्मसात गर्दै दुरुस्तका साथ राहत वितरण हुनेछ ।राहतमा कुनै राजनीतिकरण नभएको उनले थपे राहत बितरण दुई दिन अझै चल्ने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१