Siraha Times
ताजा समाचार

सिरहाको बरियारपट्टी गाउँपालिकाले गरे राहत वितरण कार्य सुरु : बिपन्न बर्गहरुमा खुशयाली

  • वैशाख १५, २०७७
  • १३७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा, लहान/ सिरहाको बरीयारपट्टी गाउँपालिकामा सोमबार देखि विश्व – महामारी कोभिड – १९ कोरोना प्रभावित बिपन्न बर्गहरुका लागी राहत वितरण कार्य सुरु भएको छ । पहिलो चरणमा आज गाउँपालिकाको वडा नं. ४ र ३ मा राहत बितरण भएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिनुभयो । वडा नम्बर ४ मा पाँच सय ५० र वडा नम्बर ३ मा छ सय ६३ घरघरधुरीमा राहत बितरण भएको हो । बितरित रहातमा चामल २५ किलो , दाल ३ किलो , नुन २ पाकेट , चिनी २ किलो , खाने तेल २ लिटर , कपडा धुने साबुन २ पिस , नुहाउने साबुन २ पिस लगायत राहत वितरण गरेको जनाईएको छ ।

siraha-barpati-rahat-bitran

यसैबिच प्रति घर – परिवार २ जना रहेको दुईटै वडाका ८४ घरधरीहरुमा चामल १५ किलो , दाल २ किलो , नुन १ पाकेट , तेल १ पाकेट , चिनी १ किलो , कपडा १ पिस , नुहाउने साबुन १ पिस बितरण गरेको प्रमुख प्रसाशकिय अधिकृत अशोक कुमार सिंहले बताए । सामाजिक दुरी कायम गर्न शस्त्र प्रहरी बलका प्रहरी जवान, स्वयम सेवक , कर्मचारी लगायत स्थानिय जन –प्रतिनिधिहरु खटिएका थिए । राहत बितरण गर्दै गाउँपालिाका अध्यक्ष महतेले भने सरकारले २०७६ चैत्र १९ गते जारी गरेको निर्देशिका अनुसार नै गाउँपालिकामा राहत बितरण गरीएको हो भन्दै उनले भने प्रदेश सरकारबाट १० लाख र गाउँपालिकाबाट १ करोड ५० लाख रुपैया राहत सामग्री खरिदका लागी छुट्टयाईएको छ । हामी बास्तबिक बिपन्नवर्गको पहिचान गरी राहत बितरण गरीरहेको छै ,यदि बास्तबिक बिपन्नवर्ग छुटेको छ भने गाउँपालिकामा सम्पर्क गर्न उनले आग्रह गरेका छन ।

siraha-barpati-rahat-bitran siraha-barpati-rahat-bitran1

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१