Siraha Times
ताजा समाचार

डोम समुदायले राहत पाए पछि गाउँमै सरकार आएको अनुभुती

  • वैशाख १३, २०७७
  • १२५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा , लहान १३ , बैशाख । सिरहाको नवराजपुर गाउँपालिकामा शुक्रबार राहत वितरण भएको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका डोम समुदायहरु दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई सो गाउँपालिकाका एक संस्थाले राहत वितरण गरेको हो । संस्थाको विशेष पहलमा १५ जना मनकारी युवाहरूको एक समुहले चन्दा संकलन गरि राहत सामग्री खरिद गरेको आयोजक नव जागरण युवा समाज नवराजपुरका अध्यक्ष राजिव यादवले जनाए । गाउँपालिका अन्तर्गत वडा नम्बर ३ का १३ घरधुरी , वडा नम्बर ५ का ५ घर र वडा नम्बर १ का ३ घर गरि जम्मा २१ घरधुरी डोम बस्तीमा राहत बाडेको हो। शिक्षक राम औतार मण्डल , शिवदेव साह , अमोद यादव , समाजसेवी बजेन्द्र प्रसाद यादव ,आशादेवी साह लगायतका १५ जना दाताहरु वाट चन्दा संकलन गरि करिब २५ हजार बराबरको राहत सामग्री खरिद गरिएको थियो । स्थानीय युवाहरुले सामाजिक दुरि कायम गरि राहत बाडिएको जनाईएको छ । प्रती परिवार १० किलो चामल , १ केजि दाल , १ लिटर खानेतेल , ३ किलो आलु , आधी किलो स्वाविन,१ किलो नुन , नुहाउने साबुन २ पिस बाडेको संस्थाका सचीव उमेश कुमार यादवले जानकारी दिनुभयो । राहत सामग्री बुझदै एक जना बिपन्न नगेन्द्र मल्लिकले भने- लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएको थियो , यो राहतले धेरै खुसी छु ।´ राहत पाउने अर्कि बिपन्न मुन्ना देवि मल्लिकले राहत वितरण गर्ने टिमलाई धन्यवाद दिईन । यस्तो संकटका घडिमा आउने दिनहरुमा समस्यालाई मध्यनजर गरी नब जागरण युवा समाज ले सहयोग गर्ने समाजसेबी शिब देब शाहले बताए । शाहको विशेष पहलमा डाेम समुदायलाई राहत बितरण भएको संस्थाको अध्यक्ष यादवले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१