ताजा समाचार

डोम समुदायले राहत पाए पछि गाउँमै सरकार आएको अनुभुती

  • वैशाख १३, २०७७
  • १२७१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा , लहान १३ , बैशाख । सिरहाको नवराजपुर गाउँपालिकामा शुक्रबार राहत वितरण भएको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका डोम समुदायहरु दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई सो गाउँपालिकाका एक संस्थाले राहत वितरण गरेको हो । संस्थाको विशेष पहलमा १५ जना मनकारी युवाहरूको एक समुहले चन्दा संकलन गरि राहत सामग्री खरिद गरेको आयोजक नव जागरण युवा समाज नवराजपुरका अध्यक्ष राजिव यादवले जनाए । गाउँपालिका अन्तर्गत वडा नम्बर ३ का १३ घरधुरी , वडा नम्बर ५ का ५ घर र वडा नम्बर १ का ३ घर गरि जम्मा २१ घरधुरी डोम बस्तीमा राहत बाडेको हो। शिक्षक राम औतार मण्डल , शिवदेव साह , अमोद यादव , समाजसेवी बजेन्द्र प्रसाद यादव ,आशादेवी साह लगायतका १५ जना दाताहरु वाट चन्दा संकलन गरि करिब २५ हजार बराबरको राहत सामग्री खरिद गरिएको थियो । स्थानीय युवाहरुले सामाजिक दुरि कायम गरि राहत बाडिएको जनाईएको छ । प्रती परिवार १० किलो चामल , १ केजि दाल , १ लिटर खानेतेल , ३ किलो आलु , आधी किलो स्वाविन,१ किलो नुन , नुहाउने साबुन २ पिस बाडेको संस्थाका सचीव उमेश कुमार यादवले जानकारी दिनुभयो । राहत सामग्री बुझदै एक जना बिपन्न नगेन्द्र मल्लिकले भने- लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएको थियो , यो राहतले धेरै खुसी छु ।´ राहत पाउने अर्कि बिपन्न मुन्ना देवि मल्लिकले राहत वितरण गर्ने टिमलाई धन्यवाद दिईन । यस्तो संकटका घडिमा आउने दिनहरुमा समस्यालाई मध्यनजर गरी नब जागरण युवा समाज ले सहयोग गर्ने समाजसेबी शिब देब शाहले बताए । शाहको विशेष पहलमा डाेम समुदायलाई राहत बितरण भएको संस्थाको अध्यक्ष यादवले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤