Siraha Times
ताजा समाचार

सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिकामा दोस्रो चरणको राहत बितरण हुने

  • वैशाख १०, २०७७
  • ११३७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १० ,बैशाख । बिश्व महामारी कोभिड १९ कोराना भाईरस नियन्त्रण गर्न सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाको पहिलो चरणको राहत वितरण सम्पनन भएको छ । वडा नम्बर १ देखि ६ सम्ममा २१ लाख वराबरको राहत समग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादबले जानकारी दिनुभएको छ । चैत्र १९ गते संघिय सरकारले जारी गरेको परिपत्र अनुसार गाउँपालिकाको १ हजार ९ सय ४० घरधुरीमा राहत बितरण गरीएको अधिकृत यादबले बताए । प्रत्येक वडाका लागी ३ लाख ५० हजार बिनियोजन गरेको बजेट राहत सामग्री खरिद गर्न वडा अध्यक्षको जिम्मा लगाईएको थियो । घरधुरीको हिसाबले वडा अध्यक्ष, सचिब र सदस्यहरु चामल दाल नुन तेल लगायतका राहत सामग्री वितरण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष देब कुमार यादबले जनाए । यसैबिच कोरोनालाई नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको लकडाउन लाई प्रभाबकारी रुपमा पालना गर्न गाउँपालिकाका जनप्रतिधिहरु घर –घरमा गई जनचेतना दिईरहेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताएका छन । लकडाउनलाई पालना गर्न यस पालिकाको घर घरमा गई समाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको उनले बताए । उनले भने बैङ्कमा जान सेवाग्राहीलाई समस्या पर्ने भएको हुँदा माहामारी लाई मध्यनजर गरी घर– घरमा गई समाजिक सुरक्ष भत्ता बाँडने निर्णय गरेको उनको भनाई रहेको थियो । पहिलो चरणको राहत बितरण गर्दा समुदायबाट आएका गुनासो र सुझाबहरुलाई मध्यनजर गरी दोस्रो चरणको राहत बितरणका लागी कर्मचारीहरुले नामाबली संङ्कलन गर्ने र दोस्रो चरणको राहत बितरण समेत गरिने अध्यक्ष साहले बताएका छन । पहिलो चरणमा छुटेका बिपन्न बर्ग र मजदुरहरुलाई दोस्रो चरणको राहत बितरणमा सहभागी गराईने गाउँपालिका अध्यक्ष साहको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१