सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिकामा दोस्रो चरणको राहत बितरण हुने

  • वैशाख १०, २०७७
  • ९८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १० ,बैशाख । बिश्व महामारी कोभिड १९ कोराना भाईरस नियन्त्रण गर्न सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाको पहिलो चरणको राहत वितरण सम्पनन भएको छ । वडा नम्बर १ देखि ६ सम्ममा २१ लाख वराबरको राहत समग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादबले जानकारी दिनुभएको छ । चैत्र १९ गते संघिय सरकारले जारी गरेको परिपत्र अनुसार गाउँपालिकाको १ हजार ९ सय ४० घरधुरीमा राहत बितरण गरीएको अधिकृत यादबले बताए । प्रत्येक वडाका लागी ३ लाख ५० हजार बिनियोजन गरेको बजेट राहत सामग्री खरिद गर्न वडा अध्यक्षको जिम्मा लगाईएको थियो । घरधुरीको हिसाबले वडा अध्यक्ष, सचिब र सदस्यहरु चामल दाल नुन तेल लगायतका राहत सामग्री वितरण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष देब कुमार यादबले जनाए । यसैबिच कोरोनालाई नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको लकडाउन लाई प्रभाबकारी रुपमा पालना गर्न गाउँपालिकाका जनप्रतिधिहरु घर –घरमा गई जनचेतना दिईरहेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताएका छन । लकडाउनलाई पालना गर्न यस पालिकाको घर घरमा गई समाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको उनले बताए । उनले भने बैङ्कमा जान सेवाग्राहीलाई समस्या पर्ने भएको हुँदा माहामारी लाई मध्यनजर गरी घर– घरमा गई समाजिक सुरक्ष भत्ता बाँडने निर्णय गरेको उनको भनाई रहेको थियो । पहिलो चरणको राहत बितरण गर्दा समुदायबाट आएका गुनासो र सुझाबहरुलाई मध्यनजर गरी दोस्रो चरणको राहत बितरणका लागी कर्मचारीहरुले नामाबली संङ्कलन गर्ने र दोस्रो चरणको राहत बितरण समेत गरिने अध्यक्ष साहले बताएका छन । पहिलो चरणमा छुटेका बिपन्न बर्ग र मजदुरहरुलाई दोस्रो चरणको राहत बितरणमा सहभागी गराईने गाउँपालिका अध्यक्ष साहको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१