Siraha Times
ताजा समाचार

संकटमा परेका पैदल यात्रुहरुलाई फ्रि खाजा खुवाईयो

  • वैशाख ८, २०७७
  • ८८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ८, बैशाख । विश्वमहामारी कोभिड १९ कोरोना प्रभावित पैदल यात्रीका लगाी सिरहाको लहान नगरपालिका वडा नं.– १३ गणेशपुर टोलका एक जना निम्न परिवारका सदस्यले निशुल्क खाजाको ब्यबस्था गरेको छ । लहान – १२ भोटीयाटोल चौकमा संगम होटल संचालन गर्दै आईरहनु भएका सियाराम चौधरीले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई सोमबार बिहान देखी दिनभरी निशुल्क पानी र खाजाको ब्यबस्था गरेको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको चौधरीले बताए । सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा पनी दिएको उनले बताए । नेपाल टेलिकम लहानका पुर्व प्रमुख भजन चौधरी र स्थानिय युवाहरुको बिशेष उपस्थिती र सहयोगमा यात्रुहरुलाई खाजा खुवाईएको हो । यसैबिच सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ६ श्रीपुरका समाजसेबीहरुले पनी आफनो निजि लगानीमा चना , च्युरा , तरकारी लगायत खाजाको ब्यबस्थापन गरेको छ । राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य एवम राजपाबाट सुरुङ्गाा नगरपालिकाका नगर प्रमुखका प्रत्यासी उम्मेदबार शंकर प्रसाद चौधरायनको एक टोलीले निशुल्क खाजा र पानीको ब्यबस्था गरेको हो । यात्रिहरुका लागी साबुन , सेनीटाईजर , स्वास्थ्य परामर्श लगायतका सुबिधा समेत दिईएको हो । समाजसेबी अनुराग विश्वकर्मा , प्रितम चौधरी , प्रथम विश्वकर्मा , मनोज विश्वकर्मा , रबिलाल चौधरी , स्वास्थ्यकर्मी लालबहादुर चौधरी क्युपेक नेपालका केन्द्रिय सदस्य रामकृष्ण चौधरी , सवल नेपालका राधेश्याम राम लगायतको बिशेष सहयोगमा राहत स्वरुप खाजा पानी र स्वास्थ्य परामर्श सेवा दिईएको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१