ताजा समाचार

सिरहा सीमामा ‘हाई अलर्ट’ – डिएसपी रावलको पैदल गस्ती सुरु

  • चैत २८, २०७६
  • २०३७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २८ गते- सिरहा । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सिरहाले जिल्ला भरिको सीमा नाकामा पैदल गस्ती पनि थालेको छ । सीमाबाट हुन सक्ने आवतजावतमा रोक लगाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रबक्ता तथा डिएसपी प्रेम बहादुर रावलले पैदल गस्ती थालेको हो । खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा पैदल गस्ती थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले जानकारी दिए ।उनले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य भइरहेको बताए । ‘सीमामा गस्ती पनि भइरहेको छ उता ग्रामिण भेगहरुमा सर्वसाधरणलाई संक्रमणबाट जोगिनका लागि जनचेतना समेत फैलाइरहेका छौँ,’ उनले भने । सीमावर्ती भारतीय सहर पटना क्षेत्रमा १ जना कोरोना संक्रमित फेला परेपछि सिरहा जिल्लाको साना-ठूला सबै नाका सिल गरी निगरानी बढाइएको हो । सिरहाको भारतसँग ४७ किलोमीटर सीमा जोडिएको छ । एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा सशस्त्र प्रहरीलाई खटाइएको छ । मातहातका धेरै युनिटहरु अहिले सीमामा केन्द्रित छन् । जवानलाई सीमाको कुना कुनामा परिचालन गरिएको छ ।

जिल्लाका सीमामा ३४ वटा स्थायी प्वाइन्ट राखि २४ घण्टा निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले बताए ।’मातहातका सबै युनिटले आ-आफ्नो क्षेत्र कभर गर्ने गरी गस्ती गरिरहेका छन्’ उनले भने, ‘भारतसँग जोडिएको खोला , खेतदेखि गल्ली सम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी पनि गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤