सिरहामा लकडाउन उलघन गर्ने २८ साबरी साधन प्रहरीको नियन्त्रणमा

  • चैत २५, २०७६
  • ७०८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २५ चैत । बिश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ् ।नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमण बाट बचन नेपाल भरि लकडाउनको नियम पाल्ना गर्न नेपाली सेना नेपाल प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरिएका छन् । नेपाल सरकारले चैत ११ गते देखि देश भरि लकडाउनको निर्णय गरेको हो । मंगलबार १५ औ दिन चलिरहेको बेला सिरहामा चेक जाचमा कडाई गरेका छन् । लकडाउनको नियम उल्घन गर्ने ब्यक्ती लाई कारबाही समेत गर्ने निर्णय गरेका हुन् । मंगलबार प्रहरीले सिराहामा ‘लकडाउन’अवज्ञा गरेर चलाइएका मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत बाट खटिएको प्रहरी गस्ती टोलीले लकडाउन उलङघन गरी चलाईएको उक्त सवारी साधनलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । साथै खाली एम्बुलेन्स सडकमा चलाएकोले एम्बुलेन्स पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएका हुन ।कोरोना भाईरस स्वास प्रक्रियाको माध्यम बाट र शारिरीक अंगमाल गर्नाले र मानिसको धेरै भिड भाडामा सजिलै पलाउने र एक अर्कामा सजिलै संग संक्रमित हुने भएको ले लकडाउन गरेको हो। नेपालमा लकडाउनको प्रभावले यातायात ,उधोग ,कलकारखाना ,शिक्षण संघ संस्था बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न बर्ग र अति बिपन गरिब ललित भुमिहिन ,सुखुम्बासिहरुको बिचल्ली भएको छ्।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१