Siraha Times
ताजा समाचार

सेफ क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मी र बिरामीका लागी राहत सामग्री हस्तान्तरण

  • चैत २५, २०७६
  • १३४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २४, चैत्र । विश्वव्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरस अर्थात (कोविड–१९) को संक्रमण फैलिन नदिन सप्तरीको एक संस्था सबल नेपालले नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको छ । सेभद चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा र खडक नगरपालिकाका नगरप्रमुखलाई राहत सामग्री हस्तान्तरण गरेको सबल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनुभयो । नगरपालिकाले कुशहा स्थित मा.बि.मा राखिएको सेफ क्वारेन्टाईन र हेल्प डेस्कमा खटिएका स्वास्थ्य कर्मी र बिरामीका लागी सो समग्री बितरण गरेको बुझिएको छ । सर्जिकल मास्क सय पिस , ल्याफ व्वाई साबुन सय पिस , सर्जिकल ग्लोब्स नन स्टेराईल दुई सय पिस ,कोभिड १९ को पोस्टर २५ थान , युटिलिटि ग्लोब्स २० पिस लगायत ९ प्रकारको सामग्री नगरप्रमुख चौधरीलाई आज हस्तान्तरण गरेको हो । राहत समग्री बुझदै सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरीले भने समाजमा राहत बितरण गर्न नगरपालिकालाई धेरै नै कठिनाई रहेको बताउनुभयो । समाजका केही सम्पनन परिबारका ब्यक्तिहरु पनी मेरो लागी आएको राहत हो’ मलाई पनी दिुनपर्छ भन्ने गरेको उहाँले बताए । केही बौद्धीकबर्ग , सम्पन्न , पढेलेखेका ब्यक्तिहरुले पनी राहत जस्तो कार्यमा लोभ राख्नु कतिको जायज हो । , त्यस्ता ब्यक्तिको पनी समाजमा कमी नरहेको उनले बताएका छन । चुनौतीका बाबजुत पनी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरु बस्तबीक बिपन्न बर्ग पहिचान गर्न डाटा संङ्कलन गरिरहेको उनले बताए । राहत सामग्री बितरण कार्यमा सहयोग गर्न सम्पुर्ण नगरबासीहरुमा आग्रह गर्दै नगरप्रमुख चौधरीले भने नगरपालिकाले बिपन्न बर्गका लागी राहत बितरण गर्ने निर्णय गरिसकेको र छीट्टै नै राहत बितरण गरिने जानकारी दिए । नगरपाकिलाले राहत कोषको लागी छुट्टै खाताको बयबस्था गरिसकेकोले सम्पुर्ण समाजसेबी, उधोगीहरुलाई आर्थिक सहयोग गर्न नगरप्रमुख चौधरीले आग्रह गरे । खडक नगरपालिकाका नगर प्रमुख हेमायु हक र र स्वास्थय संयोजक जयकान्त पण्डितको उपस्थितिमा माथि उल्लेखित राहत सामग्री हस्तान्तरण भएको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१