सुरुङ्गा नगरपालिका वडा नम्बर ८ को प्रत्येक घरमा मास्क र साबुन बितरण

  • चैत २२, २०७६
  • ११५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २२, चैत्र । विश्व महमारी कोरोना भाइरस (कोभिड–१९) लाई नियन्त्रण गर्न सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ८ को प्रत्येक घरधरीुमा मास्क र साबुन बितरण भएको छ । शिक्षक कर्मचारी समाज सुरुङ्गा नगरपालिका वडा नं. ८ र स्थानिय समाजसेबीहरुको ब्यक्तिगत लगानीमा सो वडाका प्रत्येक घरधुरीमा साबुन र मास्क बितरण गरेको शिक्षक कर्मचारी समाजका अध्यक्ष रामअशिष चौधरीले जानकारी दिनुभएको छ । एक हजार चार सय उन्नाईस घरधुरी रहेको प्रत्येक घरधुरीमा एक वटा साबुन र ६ हजार ६ सय १४ वटा मास्क बितरण गरेको हो । महुलीया , मल्हनमा, धाँती बजार , समसेरपुर टोल गरी राहत स्वरुप सो सामग्री बितरण गरेको सबल नेपालका फिल्ड अफिसर राधेश्याम रामले जनाए ।

उनिहरुले समुदायमा माईकिङ्ग , संन्देशमुलक पर्चा पम्पलेट बितरण , घर घरमा पुगी जनचेतना समेत दिईएको हो । चार दिन लगाएर बितरण गरेको राहत सामग्री बितरण कार्यक्रमको आईतबार बिधिबत रुपमा समापन गरिएको छ । सोसल डिस्टेन्टलाई मध्यनजर गर्दै समापन भएको कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष ईन्द्रदेब चौधरीको प्रमुख आतिथ्य र शिक्षक कर्मचारी समाजका अध्यक्ष राम अशिष चौधरीको सभा – अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानएको छ । प्रमुख अतिथिको आसन्न बाट बोल्दै वडा अध्यक्ष ईन्द्रदेब चौधरीले आयोजक संस्था र समाजसेबीहरुले गरेको कार्यको प्रसंसा गरे ।

वडा अध्यक्ष चौधरीले भने सुरुङ्गा नगरपालिकामा सो संस्थाद्धारा ब्यक्तिगत लगानीमा बितरण गरेको कार्य प्रशसनिय छ , त्यस्ता कार्यले नगरपालिकालाई थप उर्जा मिलेको छ ।’ उनले थपे नगरपालिकाको ११ वटै वडामा साबुन र सेनीटाईजर बितरण गर्ने निर्णय गरिसकेकोले छिटै नै प्रत्येक घरघुरीमा सो सामग्रीहरु बितरण गरिने जानकारी दिनुभयो । सरकारको लकडाउनको निर्णय आफनै लागी भएकोले सबैलाई सो निर्णयको पालना गर्न उनले आग्रह गरेका छन । संघिय सरकारले चैत्र १९ गते देशका सबै स्थानिय तहलाई जारी गरेको राहत सम्बन्धी निर्देशन पालनाका लागी सुरुङ्गा नगरपालिकाले राहत प्राप्त गर्ने ब्यक्तिको अभिलेख ढाँचा पनी तयार गरिरहेको उनले जानकारी गराए ।

बास्तबिक श्रमिक वर्ग असाहय , बिपन्न परिबारलाई राहत दिन नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारी परिचालन भएको भन्दै छिटै नै राहतको प्याकेज सो बर्ग मा पुग्ने उनले आश्वासन दिएका छन । समापन समाहरोहमा प्रहरी चौकी ईन्चार्ज डम्बर बस्नेत , स्वास्थ्य चौकी ईन्चार्ज रामबिलास चौधरी , प्रियकान्त चौधरी , चन्द्रभुषण चौधरी , श्याम साह, लगायतले सरकारको लकडाउनको निर्णयलाई पालना सहित सम्मान गर्न सम्पुर्ण नगरबासीहरुमा आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका–२ ...

ओम प्रकाश यादव, लहान, २८ वैशाख। धनगढीमाई नगरपालिका–२ मा १५ शैयाको सुविधा सम्पन्न स्वास्थ्य चौक ...

सिरहाको मौवाहीमा स्व ...

ओम प्रकाश यादव लहान, २६ बैशाख । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीमा निर्माण ...

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१