Siraha Times
ताजा समाचार

अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित देश, संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ७५ पुग्यो

  • चैत २२, २०७६
  • १८२२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २२ । अमेरिकामा कोरोना भाइरसबाट ७ हजार ४०२ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमै दोब्बर भएको हो । संक्रमितको संख्या भने २ लाख ७७ हजार ४ सय ७५ पुगेको छ । अमेरिकामा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि भएदेखि मृत्यु हुनेको संख्या एक हजार पुग्न एक महिना लागेकोमा पछिल्लो दुई दिनमै ज्यान गुमाउनेको संख्या दोब्बर भन्दा बढीले बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै वासिङ्गटनपोस्टले लेखेको छ । पछिल्ला दिनमा संक्रमित ह्वात्तै बढ्दा अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित हुने देश भएको छ । स्वास्थ्य अधिकारीहरुले योभन्दा खराब अवस्था आउने चेतावनी दिएका छन् । अमेरिका कोरोनाको नयाँ इपिसेन्टरका रुपमा विकास भएको छ भने न्यूयोर्कमा मात्रै ५२ हजारभन्दा बढी मानिसमा संक्रमण भएको जनाइएको छ । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसको बढदो महामारी नियन्त्रणका लागि न्यूयोर्क र न्यु जर्सी राज्यसँगको यातायात सञ्जाल बन्द गर्ने बताएका छन् । एजेन्सी
 
 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१