विपन्न वर्गलाई अबिलम्ब राहत उपलब्ध गराउन सांसद साहको मांग

  • चैत १६, २०७६
  • ७४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा,१६ चैत । कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परेको बेला दैनिक ज्यालादारी गरि गुजारा चलाउने बिपन्न वर्गका जनतालाई अबिलम्ब राहत उपलब्ध गराउन प्रदेश २ का सांसद दिलिप साहले मांग गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहतकोष भन्दा पनि व्यवस्थापन पक्ष मजबुत गर्नुपर्ने बताए । व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाई छ । अहिले सरकारले राहतकोष खडा गर्नुभन्दा पनि व्यवस्थापन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बढि आबश्यकता रहेको उनले जिकिर गरे । उनले भने,‘अहिलेको प्रमुख आबश्यकता कोरोना संक्रमितहरुको पहिचान गरि उनीहरुलाई सहज र सुलभ उपचार सेवा दिनु हो । तर संक्रमितहरु अस्पतालसम्म पुग्दा त्यहाँ उनीहरुलाई कुनै वास्ता नै गरिंदैन ।’ उनले विदेशबाट फर्केकाहरुको खोजी गरि उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याएर निगरानी गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको बताए । कोरोना रोकथामबारे प्रदेश सरकार गम्भीर नरहेको समेत उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

उज्यालो नेपाल पार्टी ...

ओम प्रकाश यादव लहान, २१ माघ। उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ २२ माघ बिहीवार दि ...

सप्तरी –३ मा राप्रपा ...

उमेश कुमार साह सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरी जिल्ला अध्यक्ष तथा सप्तरी निर् ...

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१