विपन्न वर्गलाई अबिलम्ब राहत उपलब्ध गराउन सांसद साहको मांग

  • चैत १६, २०७६
  • ७३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा,१६ चैत । कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परेको बेला दैनिक ज्यालादारी गरि गुजारा चलाउने बिपन्न वर्गका जनतालाई अबिलम्ब राहत उपलब्ध गराउन प्रदेश २ का सांसद दिलिप साहले मांग गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहतकोष भन्दा पनि व्यवस्थापन पक्ष मजबुत गर्नुपर्ने बताए । व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाई छ । अहिले सरकारले राहतकोष खडा गर्नुभन्दा पनि व्यवस्थापन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बढि आबश्यकता रहेको उनले जिकिर गरे । उनले भने,‘अहिलेको प्रमुख आबश्यकता कोरोना संक्रमितहरुको पहिचान गरि उनीहरुलाई सहज र सुलभ उपचार सेवा दिनु हो । तर संक्रमितहरु अस्पतालसम्म पुग्दा त्यहाँ उनीहरुलाई कुनै वास्ता नै गरिंदैन ।’ उनले विदेशबाट फर्केकाहरुको खोजी गरि उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याएर निगरानी गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको बताए । कोरोना रोकथामबारे प्रदेश सरकार गम्भीर नरहेको समेत उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

पारस मल्टिस्पेशालिटी ...

रहमुल, लहान ४ पुस । पारस मल्टिस्पेशालिटी हस्पिटल र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा ...

नदीजन्य पदार्थ उत्खन ...

रहमुल, लहान ४ पुस । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाले नदीजन्य ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेल उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१