Siraha Times
ताजा समाचार

मानवअधिकार अभियान्ता लोहनीले यस्तो लेखे : कोरोना तिमी प्लेन चढेर नआऊ है …

  • चैत १३, २०७६
  • ८३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

कोरोना तिमी बुहानमा जन्मियौ ,

प्लेनमा चढेर जगतको सैर गर्यो , 

धेरै मानिसलाई आफ्नो प्रिय बनायौ , 

खरानीको धुलसंगै चिता जलायौ , 

निर्दोष मानिसलाई पीडा दिलायौ , 

गरीवहरुको जीवन तहस नहस बनायौ , 

त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है...

 

के बिगारेको थियो तिम्रो त्यो निर्दोष गरीवहरुले , 
भोक भोकै दिनरात तिम्रो डरले लाँकडाउनमा बसेको छ , 
धिकार छ कोरोना तिमीलाई गरीब धनी सबैलाई एकै ठानियौ , 
 त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है ... 

 

प्लेन चढ्न रहरै थियो भने तिमीले चारटर गरेर चढेको भए हुने थियो , 

प्लेनमा चढेर पुगेन तिमीलाई , 

फेरी किन गरीबहरुकै कांधमा चढेर गांऊ गांऊमा ओर्लियौ , 

त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है... 

 

बिचरा गरीबहरु त त्यतिकै भोकले मरिरहेका छन् तिम्रो बाटो कुर्नै पर्दैन , 
औषधी नपाएर दमको रोगले ग्रस्त छन् , 
निमोनिया ज्वरोले ग्रस्त छन् , 
कुपोषणले काललाई पर्खिरहेका छन् , 
खाली पेटमा औषधी पनि लिन मिल्दैन , 
यी सब थाहा हुदां हुदै पनि तिमी किन ? 
प्लेन चढेर जगतको शैर गर्दै छौ , 
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है ... 

 

तिमी आफुलाई बलिष्ट न ठान , 

तिमी भन्दा मानिस पनि कमका छैन , 

तिम्रो जीवनलाई नै लाँकडाउन गरी दिन्छन् , 

बेलैमा होसियार ! खरानीको लेप तिमीलाई थाहा छैन् , 

बेसार , तुल्सी , गुर्जो , मरिचको सुप तिमलाई थाहा छैन् , 

 

 

त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है ... 
कोरोना तिमीलाई करुणाले पराजित गर्छन् यहां , 
छिट्टै तिमी बिसराम लेऊ , 
जगतलाई दूर्गन्धित नबनाऊ यहां , 
ईस्वर पनि रिसाऊला जगतको तवाहीसंगै ... 
शंखको ध्वनीसंगै , 
तुरहीको आवाजले बिसराम लेऊ अब , 
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है ... 

 

मानिसको जीबन माथि खेलवाड नगर कोरोना तिमी अझै , 

तुरहीको आवाजसंगै शंखको ग्रजनादले भाग्नु पर्छ कठ्ठै , 

जीवन कसैको त्यतिकै हरण गर्न पाऊँदैनौ कोरोना तिमी , 

गरीबहरुको आह लाग्ला उल्टै निर्दोषहरुको शराप लाग्ला , 

लाँकडाउनमा छन् यहिले तिम्रो बाटो नै बन्द गरी , 

सरसफाई गर्न पनि सिकिसके अब मानिसले पनि , 

 

त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है ... 
बाई बाई कोरोना तिमीलाई गरी सके सबैले जब , 
फरकेर नआऊ कहिल्यै जगतमा प्लेन चढेर अब , 
शान्तीले जाऊ , नमस्कार गर्दछ तिमीलाई सधैंको लागि , 
हात मिलाऊने छैन् कसैले कसैसंग अब बाटो सहज बनाऊन तिम्रो , 
नमस्कार नै ठिक छ नेपाल र नेपालीको संस्क्रितिले नै अब , 
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है ...  

लेखक - 

भोलाप्रसाद लोहनी " पाञ्चाल " 

काठमान्डौं नेपाल 

 २०७६/१२/१३ 

Stay Home

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१