ताजा समाचार

कोरोना संक्रमण रोक्न उपभोक्ताहरुलाई नेपाल टेलिकम र एनसेलले २ सय ब्यालेन्स सापटी दिने व्यवस्था गरेको

  • चैत १२, २०७६
  • ११९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स चैत १२ । नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बढीमा २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिंदै आएका छन्। तर अब दूरसञ्चार कम्पनीहरुले आफ्ना ग्राहकलाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने भएका छन्। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी दूरसञ्चार कम्पनीहरुले उपभोक्तालाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। यस्तै, दूरसञ्चार कम्पनीहरुले प्रयोगकर्ताको लागि अहिले चल्तीमा रहेका दरभन्दा कम हुने गरी सस्तोमा विभिन्न डाटा प्याकेज घोषणा गर्न सक्ने बताइएको छ। कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघरमा बसेको बेला सहजताको लागि एक महिनासम्म सस्तो डाटा प्याकेजहरु घोषणा गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो। 

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤