Siraha Times
ताजा समाचार

जन्म दिन मनाउन समाज बादी पार्टीका राष्ट्रिय अध्यक्ष : सिरहाको लहानमा

  • चैत ११, २०७६
  • ८४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ११ चैत - समाज बादी पार्टी का अध्यक्ष केन्द्रिय ओपेन्द्र यादव ले पार्टीका युवा नेता ललित नारायण महतोको ३बर्शिय छोरा रोहन कुमार सिंहको जन्म दिन मनाउन सिरहाको लहान आउनु भएको थियोे । २०७३-१२-८ गतेका दिन बिराटनगरको कोसी अञ्चल अस्पतालमा आमा रिंकु कुमारी महतोको गर्भबाट अप्रेसन गरेर जन्मिएका रोहनका जन्म दिन मनाउन दर्जनौं केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो । युवा नेता ललित नारायण महतो हाल समाज बादी पार्टीको प्रदेश न.२को प्रदेश सभा, क, क्षेत्र न.१को उपाध्यक्ष रहनु भएका महतो ले मधेस र मधेसी प्रतिको मुद्दाहरु प्रति सदैब अवाज उठाउने गरेका महतोको दुई छोरी भुमिका कुमारी महतो ,आशिका कुमारी महतो र एक छोरा रहेका छन ।समाज बादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा नेपाल सरकारको पुर्व उपप्रधानमन्त्री ओपेन्द्र यादव र प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादव ले केक काटेर रोहन को जन्म दिन मनाएका हुन् । महतोले छोरा रोहनको जन्मदिनका उपलक्षमा दिवा भोजको समेत आयोजना गरेका थिए । कार्यक्रम पार्टीका नेता तथा पुर्व मन्त्री राज लाल यादव ,पुर्व मन्त्री शत्रुधन प्रसाद सिंह कोइरी ,पार्टीका जिल्ला अध्यक्ष अशोक यादव , केन्द्रिय सदस्य तथा चर्चित नेता राज कुमार राजु गुप्ता जिल्ला उपाध्यक्ष तथा लहान नगरपालिका ७ का वाडा अध्यक्ष राकेश रोशन गुप्ता , पार्टीका चर्चित नेता तथा पार्टीका लहान नगर अध्यक्ष दिनेश महतो लहान नगर पालिका वाडा न. ८ का अध्यक्ष बिजय कुमार महतो ,लहान नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा , युवा नेता प्रमोद कुमार महतो, नेता रामु महतो, समाज बादी पार्टी की नेत्री ललिता दास बिद्रोही लगायतका केन्द्रिय नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय अध्यक्ष यादवले रोहन कुमार सिंह लाई जन्म दिनको बधाई तथा सुभ कामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१