Siraha Times
ताजा समाचार

डिएसपी शरत कुमार थापाको अर्को धमाका

  • चैत ४, २०७६
  • १७२५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र ३ । लहानको विभिन्न ठाउँ ठाउँमा हजारौं लिटर घरेलु मदिरा नष्ट धनुषामा घरेलु मदिरा सेवनबाट १६ जनाको मृत्युपछि लहान प्रहरीले धमाधम भट्टी तथा मदिरा नष्ट गर्ने विशेष नियन्त्रण अभियान सञ्चालन गरेको छ । मदिरा विशेष अभियानअन्तर्गत जिल्ला सिरहाको लहान नगरपालिका भरिमा २४ वटा मदिरा बनाउने मेसिन, करिब ४ हजार लिटर धरेलु मदिरा , २ हजार लिटर कच्चापदार्थ, १७ वटा मदिरा बनाउने भाडो र १ थान पानी तान्ने मोटर सहित नष्ट गरेको डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिनु भयो । लहान प्रहरीले गाउँ घरमा रहेको घरेलु मदिरा विशेष नियन्त्रण अभियानअन्तर्गत भट्टी खोजेर तिव्र रुपमा नष्ट पार्ने अभियान थालेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापाले बताए । आजसम्म धनुषामा मदिरा सेवनबाट १६ जनाको मृत्युु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१