Siraha Times
ताजा समाचार

शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन बिद्यार्थीलाई सामग्री

  • चैत ३, २०७६
  • ६४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा,चैत्र २ गते । सिरहाको धनगढीमाई नगरपालिका वाडा नं. ११ मा आईतवार स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । धनगढीमाई नपा वाडा नं. ११ मा आर्थिक वर्ष ०७६ / ०७७ को योजना अन्र्तगत धनगढीमाई नपा वाडा नं.११ मा रहेका ज. आ. वि. नैनपुर सोनापुर र ज. आ. वि. नैनपुरका विद्यार्थी र शिक्षकहरुलाई स्टेशनरी सामाग्रि प्रदान गरेको छ ।विद्यार्थीहरु नियमित स्कूल आउने र शैक्षिक क्षेत्रलाई गुण्स्तरीय बनाउने उद्देशयले स्टेशनरी सामाग्रि वितरण गरेको धनगढीमाई नपा वाडा नं. ११ का वाडा अध्यक्ष गंगाराम यादवले बताए । २५० छात्र छात्राहरुलाई कपी,कलम र शिक्षकहरु लाई डायरी र कलम प्रदान गरेको वाडा सचिव अविर चौधरीले जानकारी दिनुभयो । धनगढीमाई नपा वाडा नं. ११ मा दुई वटा आधारभूत विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१