सिरहमा बसलाई अभरटेक गर्न खोज्दा किचिएर मोटरसाइकल चालकको ज्यान गयो

  • फागुन २१, २०७६
  • १६७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, फागुन २१ गते । बसलाई अभरटेक गरेर अगाडी बढ्न खोज्दा सिरहामा एक मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किच्दा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमानको ज्यान गएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई अभरटेक गरेर अगाडी बढ्न खोज्दा विपरीत दिाशाट आउँदै गरेको अर्को मोटरसाइकलमा ठोक्किएर लडेपछि बसले किचेको थियो । रहमानको घटनास्थलमै ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।

उनी चलाइरहेका को. ४ प २०९८ नम्बरको मोटरसाइल अभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको बा. ३१ ब ९८८३ नम्बरका मोटरसाइकलसंग ठोक्किएर लडेका थिए । पछाडिबाट आइरहेको ना.४ ख ४२६५ नम्बरको बसले रहमानको घटनास्थलमै मृत्यु भएको छ भने अर्का मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजरमा प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । उनको गोलबजारस्थित भूमिजा हस्पिटमा उपचार भइरहेको छ । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१