अङ्ग-भङ्ग पीडित लाई नेशन लाईफ इन्स्योरेन्सले दियो १२ लाखको चेक : परिवारमा खुशीयाली

  • फागुन १८, २०७६
  • ८५८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १८ फल्गुण बैदेशिक रोजगारको लागी कतार पुगेका सप्तरी जिल्लाको सुरुगा नगरपालिका ५ कुशहाको मो.ईबराहिमको माईलो छोरा ३५ वर्षिय मो. मुर्तुजा ले निकै बर्ष देखि बैदेशिक रोजगारीमा खारी मुलुक कतारमा बस्दै आएको थियो । पहिलो पल्ट २००५ जुन १७ तारीखमा कतार पुगेका थिए । कतारको ministry of municipality and Environment बलदिया मा काम गर्दै गर्दा मुर्तुजा लाई जेशिभीले पछाडिबाट ठक्कर दिदा मो . मुर्तुजा घटना स्थलमै बेहोस भएका थिए । मुर्तुजालाई तुरुन्त उपचारका लागि हमाद जेनरल अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालमा कार्यरत डाक्टरले भने बिरामीलाई धेरै दिन यस्तै राख्यो भने बिरामीको ज्यान जान सक्छ त पीडिको दाजु मो. मुस्तुपाले आक्रोश हुदै अस्पतालका डाक्टर संग सोधे डाक्टर सहायब अब हाम्रो बिरामीकस्तो छ डाक्टरलले पीडितको दाजुलाई भने बिरामीको दुबै खुट्टा काटनु पर्छ न भए बिरामीको ज्यान जान सक्छ तपाई आफ्नोमा सल्लाह गरेर मलाई तुरुन्त खबर गर्नु अनि पीडितको दाजुले परिवार संग सल्लाह गरि दुबै खुट्टा काटने सहमति दिए । खुट्टा काटे पछी एक बर्ष बिरामी अस्पतालमै बिताए । मुर्तुजाको घटना कतारको दोहामा २०१८ नोभेम्बर १२ तारीखको राती भएको थियो । पीडित मुर्तुजाले वैदेशिक रोजगारीमा जानु भन्दा पहिला काठमाडौंको लाजिम्पाट स्थित रहेको नेशनल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडमा २०७५ असोज २२ गते सोमबारको दिन नेशन लाईफ इन्स्योरेन्समा १२ लाखको वैदेशिक रोजगारी बिमा गराएको थियो । बिमा गराएको २६ दिन न बित्दै कतारको दोहामा घटना भएको थिए । पीडित अङ्ग भङ्ग र पीडित परिवारलाई सिरहाको लहान स्थित रहेको नेशन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा ब्रान्चको ब्रान्च म्यानेजर संन्जय कुमार सिंहको विशेष पहलमा पीडितको घर सप्तरीको सुरुगा नगरपालिका ५ पुगेर स्थानीय समाजसेबि मो. यासिम को हातबाट अङ्ग भङ्ग पीडित मो. मुर्तुजा लाई रु. १२ लाखको चेक हस्तान्तरण गरेको छ । अङ्ग भङ्ग पीडित मुर्तुजालाई ३२ वर्षिय श्रीमती तन्जिला खातुन र ३ वटा छोराको बीचलि भएको छ।पीडित मुर्तुजाले भने इन्स्योरेन्स कम्पनी मेरो लागि अल्ला रुपि हो किनभने म आज एकदम खुशी छु मलाई घर सम्म आएर मलाई संजय सरले चेक दिएकोमा वहाँ प्रति म अभारी छु पीडित मुर्तुजाले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

पिडितहरुद्धारा अल्ट् ...

रंजित चौरसिया,वीरगंज २ भदौं । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१